• २०८१ बैशाख १८ मंगलबार

नाउपा सुदुरपश्चमिम दलका नेता चौधरी निलम्बित, सभामुखलाइ पत्र पठाइयो

kharibot

धनगढी। नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरी निलम्बनमा परेका छन् ।

पार्टीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उनलाइ  ३ महिनाका लागि निलम्बनमा राखिएको पार्टीले जनाएको छ ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले उनलाइ स्पष्टीकरण सोधेकी थिइन । सो स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष श्रेष्ठले उनलाई ३ महिनाका लागि निलम्बन गरेकी हुन् । 

चौधरीलाई निलम्बन गरिएको जानकारी अध्यक्ष श्रेष्ठले सभामुख भीम भण्डारीलाई पत्र पठाइसकिएको छ ।

अध्यक्ष श्रेष्ठले चौधरीलाई दलको नेताबाट हटाएर कैलाश चौधरीलाई जिम्मेवारी तोकेकी थिइन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै