• २०८१ बैशाख १५ शनिबार

हुम्लामा हिमपातले पोलियो खोप अभियान प्रभावित

kharibot

हुम्ला । हुम्लामा माघ लागेसँगै निरन्तर परेको हिमपातले राष्ट्रिय पोलियो खोप अभियानलाई प्रभावित बनाएको छ । यही माघ ८ र ९ गते सञ्चालन हुने राष्ट्रिय पोलियो खोप कार्यक्रम भारी हिमपातका कारण अवरुद्ध भएको जिल्ला अस्पतालका अनमी सरिता बोहराले बताए ।

जिल्लाका अधिकांश खोप केन्द्रमा पोलियो खोप खुवाउने कार्यक्रम दुईदिन सञ्चालन गर्ने भनिए पनि सोमबारदेखि लगातार परेको हिमपातले खोप सञ्चालन गर्न नसकिएको उनले बताए । हिउँ जमेका कारण जिल्ला अस्पताल हुम्लाले २७ खोप केन्द्रमा स्वास्थ्यकर्मी र खोप सामग्री लैजान नसकिएको अनमी बोहराले बताए ।

हिमपातले जिल्लाका प्रत्येक वडामा थालिने खोप अभियानका क्रममा खोप केन्द्र र स्वास्थ्य संस्थामार्फत पाँच हजारभन्दा बढी बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाउने काम प्रभावित भएको छ ।

दादुराजस्तै लाग्ने रुबेला हुँदा हातखुट्टाका औँला, नाडी र घुँडा जोर्नी दुख्ने ज्वरो आउनुका साथै रक्तश्राव हुने, गर्भवती महिलामा पनि यो रोग देखिने गरेको अनमी बोहराको भनाइ छ । दादुरा र रुबेलाको उपचार खोप भएकाले मौसममा सुधार आएमा खोप सञ्चालन गरिने बोहराले बताए ।

पाँच वर्षमुनिका बालबालिकालाई खोपका सबै सूचक खोप पोलियो थोपा, बिसिजी, डिपिटी, दादुरा रुवेला, जापानी इन्सेफ्लाइटीस आइपिभीलगायतका खोप पूरा गर्नुपर्ने उनले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै