• २०८१ बैशाख १५ शनिबार

नौ दूरसञ्चार कम्पनीले सरकारलाई तिरेनन् तीन अर्ब

kharibot

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नौवटा दूरसञ्चार सेवाप्रदायक संस्थाले प्राधिकरणलाई २ अर्ब ९६ करोड ६५ लाख ८५ हजार रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको बताएको छ ।

प्राधिकरणका अनुसार स्मार्ट टेलिकम प्रालि, युनाइटेड टेलिकम लिमिटेड, नेपाल स्याटेलाइट टेलिकम प्रालि, युनिलिभर नेपाल लि., टासी कम्युनिकेसन सेन्टर, आईफोर टेक्नोलोजिज प्रालि, ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेसन प्रालि, आईटेल कम्युनिकेसन प्रालि र वेभ सर्फर नेपाल कम्युनिकेसन्स सिष्टम प्रालिले गत पौससम्मको बक्यौता शुल्क झण्डै तीन अर्ब रुपैयाँ सरकारलाई तिर्न बाँकी रहेको बताएको हो । 

प्राधिकरणका अनुसार स्मार्ट टेलिकमको पुससम्मको फ्रिक्वेन्सी दस्तुर ९० करोड ६७ लाख र नवीकरण दस्तुरबापतको किस्ता रकम ५० करोड गरी जम्मा १ अर्ब ४० करोड ६७ लाख ५८ हजार रुपैयाँ बक्यौता रहेको छ । त्यस्तै युनाइटेड टेलिकमको फ्रिक्वेन्सी दस्तुर, कुल आयको ४ प्रतिशतले हुने रोयल्टीबापतको किस्ता रकम, नवीकरण दस्तुरबापतको रकम र जरिवानाबापतको रकम गरी कुल ७९ करोड ४२ लाख ९५ हजार ३ सय १२ रुपैयाँ बक्यौता तिर्न बाँकी छ । त्यस्तै नेपाल स्याटेलाइटले फ्रिक्वेन्सी दस्तुर रकम ७३ करोड ५७ लाख २८ हजार २ सय ३४ रुपैयाँ तिर्न बाँकी छ भने युनिलिभर नेपालले फ्रिक्वेन्सी दस्तुरबापतको ६० हजार रुपैयाँ सरकारलाई तिरेको छैन । 

त्यस्तै टासी कम्युनिकेसन सेन्टरले फ्रिक्वेन्सी दस्तुरबापतको ४७ हजार रुपैयाँ बक्यौता तिर्न बाँकी छ भने आईफोर टेक्नोलजिजले फ्रिक्वेन्सी दस्तुरबापतको ६७ हजार ८ सय ४० रुपैयाँ बक्यौता तिर्न बाँकी छ । यस्तै ब्रोडलिंक नेटवर्कको बक्यौता कुल आयको ४ प्रतिशतले हुने रोयल्टी रकमको किस्ता रकम थप दस्तुरसहित २६ लाख २६ हजार २ सय ६८ रुपैयाँ रहेको छ भने आईटेल कम्युनिकेसनले ३४ लाख ७५ हजार १ सय ९ रुपैयाँ सरकारलाई तिर्न बाँकी रहेको प्राधिकरणले जानकारी दिएको छ । 

प्राधिकरणका अनुसार वेभसर्फरले पनि सरकारलाई २ करोड ३५ लाख २७ हजार ५ सय ३६ रुपैयाँ बुझाएको छैन भने युनिलिभर र टासी कम्युनिकेसनको भने अनुमतिपत्र खारेज भइसकेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय