• २०८१ बैशाख १८ मंगलबार

राप्रपा राष्ट्रवादीका सहायक प्रवक्ता कंडेल राप्रपामा 

kharibot

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का सहायक प्रवक्ता तेज नारायण कडेल राप्रपा प्रजातान्त्रिकसँगको एकता प्रक्रियामा असमति जनाउदै राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

कडेलले एक विज्ञप्ति जारी गर्दै अलोकतान्त्रिक, अपारदर्शी र हुकुमीशैलीबाट एकता गर्न लागिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनले विज्ञप्तिमा भनेकाछन्, ‘पार्टीमा सामान्य छलफल समेत नगरी विधि-प्रक्रिया र पद्धतिको धज्जी उडाउदै केहि मुठ्ठीभरका व्यक्तिहरुको स्वेछाचारीढंगबाट गरिएको कृतिम एकताले भावनात्मक र सकरात्मक एकताको संदेश दिन सक्दैन ।’

उनले आजकै मितिबाट राप्रपाको संस्थापन पक्षको नीति विचार र सिद्धान्तप्रति प्रतिबद्ध बह्येर अगाडीको राजनीति अगाडी बढाउने बताएका छन् ।

पशुपति शम्सेर राणाले नेतृत्व गरेको राप्रपा प्रजातान्त्रिक र डा.प्रकाश चन्द्र लोहोनीले नेतृत्व गरेको राप्रपा राष्ट्रवादीले आजै एकताको घोषणा गर्दै छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै