• २०८१ बैशाख १५ शनिबार

बारा सिडिओका गाडी चालक प्रहरी नियन्त्रणमा

kharibot

गाडी चालक जगत नारायण राउत कुर्मी

बारा । जिल्ला प्रशासन कार्यालय कलैया बाराको गाडी चालक जगत नारायण राउत कुर्मीलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।

माघ १२ गते शनिबार राति बाराका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरीका एसपी सवार गाडीको चालक रहेका कुर्मीलाई अनुसन्धानका क्रममा बारा प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाराको ना.१.झ.१६३३ नम्बरको सकर्पियो गाडी तिब्र गतिमा कुर्मीले चलाउँदा गाडी अनियन्त्रित भई राजमार्ग मैं रोकी राखेको ढुंगा लोड ट्रेक्टरको डब्बामा गएर ठोकिँदा दुर्घटना ग्रस्त भएको थियो। 

दुर्घटनामा परी सशस्त्र प्रहरी १२ नम्बर बलका एसपी बलराम पोखरेलको घटना स्थल मैं मृत्यु भएको थियो । 

दुर्घटनामा बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको अवस्था गम्भीर रहेकोले उनको बिरगंज हेल्थ केयरमा उपचार सम्भव नभए पछि उनलाई काठमाडौंको ग्राण्डी अस्पतालमा अहिले उपचार भइरहको प्रहरीले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै