५जी नेटवर्कमा सजिलै ह्याक हुन सक्छ प्रयोगकर्ताको डाटा : शोध 

खरीबोट

काठमाडौं । हाल विश्वभर इन्टरनेटको स्पीड बढाउने होडबाजी चलिरहेको छ । ५जी नेटवर्कको परीक्षण विश्वभर नै भइरहेको छ । यो वर्षको अन्त्यसम्म यो सेवा विश्वभरका मानिसले प्राप्त गर्ने अनुमान छ । 

सामसुङ, हुवावेजस्ता स्मार्टफोन निर्माता कम्पनी पनि ५जी नेटवर्कलाई सपोर्ट गर्ने फोन बनाउने तरखरमा छन् । आगामी फेब्रुअरी २४ मा स्पेनमा आयोजना हुने एमडब्ल्यूसी २०१९ मा ५जी सपोर्ट गर्ने स्मार्टफोन सार्वजनिक हुँदै छन् । 

यद्यपि, ५जी नेटवर्कलाई लिएर केही चिन्ता पनि व्यक्त गरिएको छ । विशेषतः प्रयोगकर्ताको व्यक्तिगत जानकारीको सुरक्षालाई लिएर विशेषज्ञहरु चिन्तित भएका हुन् । विशेषज्ञहरुका अनुसार ५जी नेटवर्कको माध्यमले प्रयोगकर्ताको डाटा ह्याकरहरुले सजिलै ह्याक गर्न सक्छन् । 

टेक्निकल युनिभर्सिटी अफ बर्लिन, ईटीएच जुरिख र नर्वेको सिनटेफ डिजिटलले गरेको एक अनुसन्धानमा ५जी नेवर्कमा प्रयोगकर्ताको प्राइभेसीबारे चिन्ता व्यक्त गरिएको छ । ५जी नेटवर्कमा फोन सुरक्षित तरिकाले सेल्युलर नेटवर्कसँग कनेक्ट गर्न नसकिने शोधमा उल्लेख छ । 

ह्याकरहरुले प्रयोगकर्तालाई ५जी एयरवेब्सको माध्यमले सजिलै ह्याक गरी उनीहरुको मोबाइलबाट कुनै पनि व्यक्तिगत जानकारी सजिलै एक्सेस गर्न सक्ने बताइएको छ । यो सुरक्षासम्बन्धी परीक्षण हाल सञ्चालनमा रहेको ४जी नेटवर्कमा गरिएको हो । शोधकर्ताहरुका अनुसार ५जी नेटवर्कको प्रयोग सञ्चालनमा आएपछि ह्याकिङको समस्या तीव्र गतिमा बढ्ने शोधकर्ताहरुले बताएका छन् । 

५जी नेटवर्कको यो समस्या धेरै पहिला नै खोजी गरिएको हो । ५जी सार्वजनिक हुनुभन्दा अगाडि नै शोधकर्ताहरुले यो समस्याको समाधान निकाल्ने अपेक्षा गरिएको छ । 

सम्बन्धित समाचार

सरकारद्वारा पब्जी खेलमा प्रतिबन्ध, के हो पब्जी खेल ? 

काठमाडौँ । सरकारले नेपालमा इन्टरनेटबाट खेलिने अहिलेको चर्चित खेल पब्जी खेलमाथि प्रतिबन्ध लगाएको छ । नेपाल दूरञ्चार प्राधिकरणका सूचना अधिकारी तथा उपनिर्देशक सन्दिप अधिकारीले खरीबोटसँग कुरा गर्दै पब्जी बन्द गर्न सर्कुलर

भारतको मोबाइल इन्टरनेट डाटा संसारकै सबैभन्दा सस्तो,  नेपाल ४५औं स्थानमा

भारतको मोबाइल इन्टरनेट डाटाको मूल्य संसारकै सबैभन्दा सस्तो भएको एक अध्यनले देखाएको छ । वेलायतको केबल डट को डट युकेले संसारका २३० देशहरूका ६३१३ डाटा प्लानहरूको अध्यन गरेर भारतमा उपलब्ध

बाजुराका सबै वडामा इन्टरनेट

बाजुरा । बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाका नौ वटै वडाबाट प्रविधिमैत्री सेवा सहितको कामकाज शुरु भएको छ । सेवाग्राहीलाई प्रविधिमैत्री र छिटोछरितो सार्वजनिक सेवा प्रदान गर्नका लागि जिल्लामै पहिलोपटक बडिमालिका नगरपालिकाले प्रत्येक

इन्टरनेटका कारण बालबालिकामा बढ्दै मानसिक रोग

काठमाडौँ । दुई/तीन वर्ष पहिलेसम्म पढाइमा राम्रो छोरा विस्तारै कमजोर बन्दै जाँदा सातदोबाटोका रमण थापा हैरान थिए । चार कक्षामा अध्ययनरत १२ वर्षीय उनको छोरा रोहन केही समयदेखि विद्यालयबाट फर्किएपछि


z