• २०८१ बैशाख १४ शुक्रबार

अर्जेन्टिनी फुटबलर सालाको विमान खसको ठाउ भेटियो 

kharibot

काठमाडौँ । गत जनवरी २२ मा विमानसँगै बेपत्ता भएका अर्जेन्टिनी फुटबलर एमिलियानो सालाको बिमान खसेको ठाउ पत्ता लागेको छ ।

प्रिमियर लिग क्लब कार्डिफ सिटीसँग सम्झौता गरेका साला फ्रान्सको नान्टेसबाट कार्डिफ आउने क्रममा विमानसँगै वेपत्ता भएका थिए । 

दुई हप्ताको खोजि कार्य बन्द गरेको केहि घण्टामा उनको विमान खसेको ठाउबाट गएराती पत्ता लागेको ब्रिटेनको प्रहरीले जनाएको छ । उनको विमान इङलिस च्यानल आइल्याण्ड नजिक दुर्घटना भएर समुन्द्रमा खसेको बताइएको छ । विमान खसेको ठाउ पत्ता लागेको भएपनि यसको विस्तृत विवरण आइसकेको छैन ।

विमान खसेको ठाउ पत्ता लागेपछि सालाका पिताले यो निकै दर्दनाक भएको र खाराब सपना जस्तो भएको बताएका छन् ।

विमान खसेको ठाउ पत्ता लागेको र यसबारेमा सालाका परिवारलाई खबर गरिएको प्रहरीले जानकारी दिएको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरका छन् ।

सरकारी खोज बन्द गरिएको भएपनि उनको खोजिको लागि ३ लाख पाउण्डभन्दा बढी सहयोग जुटाइएको थियो । त्यसमा अर्जेन्टिनी फुटबलर लियोनेल मेसी, सर्जियो अग्युरो लगायतले समेत सहयोग गरेका थिए ।  

२८ बर्षिय फुटबलर साला फ्रेन्च क्लब नान्तेजबाट १३२ खेल खेल्दै ४८ गोल गरेका थिए ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै