मनाइयो सोनाम ल्होछार

खरीबोट

काठमाडौँ । तामाङ समुदायले हिजो राति कुकुर वर्षलाई बिदाइ गरी सुँगुर वर्षलाई स्वागत गरेर परम्पराअनुसार सोनाम ल्होछार पर्व मनाएका छन् । 

चान्द्रमासअनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन यो समुदायले सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम आयोजना गरी मनाउने गरेका छन् । 

मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ । यो २८५५औँ सोनाम ल्होछार हो । मञ्जुश्री पात्रो शुरु भएको २८५५औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष भएको मूल आयोजक समितिले जनाएको छ । 

मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । ल्होछारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक मानिन्छ । तामाङ समुदायले माघ कृष्ण औँसीका दिन बेलुकी घर घरमा दीपावली गरी ल्होछारको नयाँ वर्षलाई स्वागत गर्छन् । 

आज बिहानै स्नान गरी घर सफा सुग्घर गरी पूजाआजा गरेर मान्यजनबाट टीका एवं आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको ल्होछार पर्व मूल आयोजक समितिका उपाध्यक्ष बेली तामाङले बताए ।

यस अवसरमा आज प्रदेश नं २ र प्रदेश नं ३ सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएका थिए । विभिन्न स्थानीय तहले पनि यस अवसरमा विशेष कार्यक्रमका साथ पर्व मनाएका छन् ।
 

सम्बन्धित समाचार

मनाइयो सोनाम ल्होछार

काठमाडौँ । तामाङ समुदायले हिजो राति कुकुर वर्षलाई बिदाइ गरी सुँगुर वर्षलाई स्वागत गरेर परम्पराअनुसार सोनाम ल्होछार पर्व मनाएका छन् ।  चान्द्रमासअनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन यो समुदायले सोनाम

आज सोनाम ल्होछार मनाइदै

काठमाडौँ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर


z