• २०८१ जेठ ४ शुक्रबार

परासीमा ‘आचार्यकुलम्’ स्थापना गर्दै आचार्य बालकृष्ण

kharibot

परासी । पतञ्जली आयुर्वेद हरिद्वार भारतका अध्यक्ष तथा प्रबन्ध निर्देशक आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले पश्चिम नवलपरासीको सुनवलस्थित बाबा बर्दगोरिया धाम क्षेत्रमा ‘आचार्यकुलम’ स्थापना गर्ने भएका छन् ।

साथै जडीबुटी उत्पादन प्रशोधन तथा आयुर्वेदिक केन्द्र, योग ग्राम स्थापना तथा वैदिक कृषिलगायतका कार्यक्रम सञ्चालनका लागि मङ्गलबार उनले बर्दगोरिया क्षेत्रको स्थलगत अध्ययन अवलोकन गरे ।

आचार्यकुलम, गुरुकूल शिक्षाका साथै आधुनिक शिक्षा पद्धति अध्यापन हुने आवासीय शैक्षिक संस्था हो । यो शिक्षालय भारतको हरिद्वारमा योगगुरु स्वामी रामदेव र आचार्य बालकृष्णले संयुक्तरुपमा सञ्चालन गरिरहेका छन् । आचार्य बालकृष्णले आफूले नेपालमा लगानी गर्न चाहेको र त्यसका लागि बर्दगोरिया क्षेत्र उपयुक्त देखेको बताए ।

उनले भने, “यहाँका नागरिकले साथ र सहयोग गरेमा म यस क्षेत्रलाई शिक्षाको केन्द्रका रुपमा विकास गर्न चाहन्छु, मेरो बाल्यकाल अभाव र सङ्घर्षमा बितेकाले गरीबका छोराछोरीलाई निःशुल्क पढाएर सेवा गर्ने इच्छा छ, म नेपाली भएकाले पनि नेपाललाई समृद्ध र स्वस्थ नेपाल बनाउन चाहेको हुँ, शिक्षित नेपाली, स्वस्थ नेपाली बनाउन नेपालका प्रत्येक प्रदेशमा आचार्यकुलम र योगग्राम बनाउने इच्छा पनि छ ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै