• २०८१ बैशाख २० बिहीबार

जान्ह्वी कपुर पिंकको तामिल रिमेकमा ! 

kharibot

मुम्बई । बलिवुड अभिनेत्री जान्ह्वी कपुरले तामिल फिल्ममा डेभ्यु गर्ने भएकी छन् । गत बर्ष फिल्म धड़कबाट बलिवुडमा डेभ्यु गरेकी जान्ह्वीले यस बर्ष तामिल फिल्म उद्योगमा डेभ्यु गर्न लागेको टाइम्स अफ इंडियाले उल्लेख गरेको छ ।

जान्ह्वीले सन् २०१६ को सुपरहिट फिल्म पिंकको तामिल रिमेकमा काम गर्न लागेको बताइएको छ । राष्ट्रिय अवार्ड समेत जितेको सो फिल्ममा प्रमुख भूमिकामा अमिताभ बच्चन रहेका थिए भने तामिल रिमेकमा भने सुपरस्टार अजिथ कुमारले अभिनय गर्ने बताइएको छ ।

त्यस्तै हिन्दी पिंकमा तपसी पन्नुले निभाएको भूमिका तामिलमा जान्ह्वीले निभाउन थालेको बताइएको छ । यस अघि सो भूमिकामा अभिनेत्री विद्या बालनले गर्ने बताइएको थियो । तामिल रिमेकमा स्क्रिप्टमा परिवर्तन गरेर अजिथ कुमारको अपोजिटमा विद्यालाई लिने तयारी भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

फिल्मलाई एच विनोथले निर्देशन गर्ने भएका छन् भने फिल्मको सुटिंग आगामी मार्चबाट सुरु गरेर दशैँमा रिलिज गरिने बताइएको छ । फिल्मलाई बोनी कपुरले निर्माण गर्दै छन् ।
     
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै