काठमाडौँ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भुकम्पले क्षतिग्रस्त बनेको काष्ठमण्डप पुनर्निर्माणको काम तिब्र गतिमा अगाडी बढेको छ । माघ २७ गते श्रीपञ्चमीको दिन काष्ठमण्डपमा जग हाल्ने तयारी भईरहेको छ । मण्डपमा प्रयोग हुने थाम भने महोतरीको बर्दिबासबाट ल्याउन लागिएको हो ।
खरीबोटसँग कुरा गर्दै काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष तथा ३ नम्बर प्रदेश सभा सदस्य राजेश शाक्यले काष्ठमण्डपमा जग लाग्ने तायरी भएको जानकारी दिए । उनले जगमा प्रयोग गरिने थाम (अग्रास) महोतरीको बर्दिबासबाट ल्याएको जानकारी दिएका छन् ।
काष्ठमण्डप निर्माणको लागि बर्दिबासबाट ल्याइएको १२ सय २७ क्यू फिट काठ मध्ये काष्ठमण्डपका मुल ४ वटा थाम र निनाल बर्दिबासको टुटेश्वर महादेब र गनन्टा भन्ने ठाउँकाट ल्याइएको छ ।
काष्ठमण्डपका मुल ४ वटा थाम मध्ये एउटा थाम पुरानै र ३ वटा नयाँ थाम प्रयोग गरिने छ । जुन थाम हजार वर्ष पुरानो भएको बताइएको छ । जुन पुरानो काठ विज्ञहरुको सुझावमा प्रयोग गर्न लागिएको हो ।
काष्ठमण्डप पुनर्निर्माणको लागि १७ हजार ५८ क्यु फिट काठ लाग्ने पुरातत्व विभागले अनुमान गरेको छ । जुन काठ पुर्ण रुपमा सालको काठ रहेको छ । अन्य काठमो तुलनामा सालको काठ आयु लामो हुने भएकाल भएकाले सालको काठ नै प्रयोग गरेको शाक्यले बताए ।
हाल सम्ममा १ सय ६७ क्युफिट काठ हेटौडा, ४० क्युफिट धनगडी र १२ सय २७ क्युफिट काठ बर्दिबासबाट आइसकेको छ । बाँकी आबश्यक काठ रौतहट, पर्सा, लगाएतका तराईका विभिन्न जिल्लाबाट ल्याइने छ ।
काष्ठमण्डप र्निर्माणको लागि नेपालकै सालका काठ मात्र प्रयोग गर्ने जानकारी दिएका छन । काष्ठमण्डप पुनर्निर्माणको लागि धरहरा र ताहचलको माटो प्रयोग गरिने भएको छ । विगतमा काष्ठमण्डपमा प्रयोग गरिएको माटो परिक्षण गर्दा त्यस्तै, मिल्ने खालको माटो ताहाचल र केहि धरहरासँग मिलेको हुनाले यि दुबै ठाउँको माटो काष्ठमण्डपमा प्रयोग गरिने भएको हो ।