• २०८१ बैशाख २२ शनिबार

भारतमा स्वाइन फ्लुबाट २५० जनाभन्दा बढीको मृत्यु !

kharibot

सांकेतिक तस्बीर

नयाँ दिल्ली । भारतमा स्वाइन फ्लुबाट अहिलेसम्म २५० जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म स्वाइन फ्लुबाट २५० जना भन्दा बढीको मृत्यु भएको छ ।

गत विहिबारसम्म स्वाइन फ्लुबाट राजस्थानमा सबै भन्दा धेरै ९६ जनाको मृत्यु भएको छ । त्यस्तै गुजरातमा ५४ जनाको मृत्यु भएको छ ।

पंजाव राज्यमा ३ सय भन्दा बढी स्वाइन फ्लुको चपेटामा आएको र ३० जनाले ज्यान गुमाएको रिपोर्टमा उल्लेख गरिएको छ । त्यस्तै राजधानी दिल्लीमा १४०९ जनालाई स्वाइन फ्लु देखिएको ४ ६ जनाको मृत्यु भएको बताइएको छ । त्यस्तै हरियाणामा ५८९ जना स्वाइन फ्लुको चपेटामा आएको र २ जनाको निधन भएको बताइएको छ ।

केन्द्र सरकारले स्वाइन फ्लु प्रभावित राज्यमा विशेष सतर्कता अपनाउन निर्देशन दिएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय