• २०८१ बैशाख १४ शुक्रबार

छुरा प्रहार गरी महिलाको हत्या

kharibot

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ । 

डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेको हो । 

हत्या गर्ने राई इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । राई विवाहित हुन् । उनका श्रीमान् विदेशमा छन् । 

हत्याबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि चौलागाइले बताए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै