पाँच दिनपछि हवाई सेवा सञ्चालन

खरीबोट

तस्बीर : रासस

हुम्ला । हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा पाँच दिनपछि सञ्चालनमा आएको छ । बुधबारदेखिको भारी हिमपातपछि रोकिएको सिमकोट विमानस्थल आजदेखि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताए । 

सिमकोट विमानस्थलमा जमेको बाक्लो हिउँ नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलले तीन दिनदेखि लगातार पन्छाएपछि आज ३ बजेदेखि हवाई सेवा सञ्चालनमा आउन सकेको प्रजिअ ढुङ्गानाले बताए । आज ३ः३० बजेदेखि नेपालगञ्जदेखि निजी एयरलाइन्सहरु तारा, सीता, समिटले उडान भरेका हुन् । 

पाँच दिनसम्म आवतजावत गर्न नपाएका यात्रुलाई सहज भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रबिन श्रेष्ठले बताए । नेपालगञ्जदेखि निजी एयरलाइन्सले खाद्यान्न ढुवानी गरेका छन् भने हुम्लाबाट यात्रु लिएको समिट एयरलाइन्सका कालीबहादुर बोहराले बताए । 

सम्बन्धित समाचार

हुम्लाको खार्पुनाथमा प्रभु बैंकको नयाँ शाखा संचालन 

काठमाडौँ । प्रभु बैंक लिमिटेडले हुम्ला जिल्लाको दुर्गम गाउँपालिका मध्येको एक खार्पुनाथ गाउँपालिका स्थित वडा नं. ५ खार्पुनाथमा शाखा कार्यालय खोली कारोवार संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन एक समारोहका

हुम्लाको खाद्यान्न नेपालगञ्ज र सुर्खेतमा थन्कियो

हुम्ला । सिमकोटस्थित नेपाल खाद्य संस्थानको चामल हवाईमार्गबाट ढुवानी गर्न नसकिदा नेपालगञ्ज र सुर्खेतमा थन्किएको छ । निजी विमान कम्पनीहरुले खाद्यान्न ढुवानी नगर्दा वितरणमा समस्या हुने भएको छ । वैशाखदेखि निजी

जिल्ला अस्पताल हुम्लामा एकै दिन चार जटिल शल्यक्रिया

हुम्ला । दुर्गम हिमाली जिल्ला हुम्लामा एक दिन आज चार सुत्केरीको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । जिल्ला अस्पतालले यसभन्दा पहिला पनि सुत्केरीको शल्यक्रिया गरेको थियो । अस्पतालमा दुई एमजिडिपी

हुम्लाका दुई महिलाको हेलिकप्टरबाट उद्धार

सुर्खेत । जोखिमपूर्ण अवस्थामा रहेका हुम्लाका दुई महिलाको बुधबार हेलिकप्टरबाट उद्धार गरिएको छ । बुधबार बिहान कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलसहितको टोली हुम्ला पुगेर चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्यचौकीमा


z