• २०८१ बैशाख १६ आइतबार

नेकपालाई फुटाउने कोशिशमा नलागौं, देश विकासमा लागौं – प्रधानमन्त्री ओली 

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमले देशको समृद्धिमा दुरगामी प्रभाव पार्ने बताएका छन् । 

प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस कार्यक्रम रोजगारको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै यसले देशको गरिवी हटाउन उल्लेख्य भूमिका खेल्ने बताए । 

उनले भ्रष्ट्राचारमा विश्वमा हामी कँहा छौ भन्दा शिर निहुराउने अवस्था रहेको, अपराधको अवस्था हेर्दा शिर निहुराउनुपर्ने अवस्था रहेको बताउदै यसको अन्त्य गर्न सरकार लागिरहेको बताए ।

विभिन्न तहमा विभिन्न क्षेत्रमा रोजगारका अवसर सिर्जना गर्नेतर्फ यस कार्यक्रमले ठुलो भूमिका खेल्ने बताउदै प्रधानमन्त्री ओलीले रोजगारका अवसरको तथ्यांक राखेर समग्रमा बेरोजगारको अवस्था हेरेर त्यसलाई व्यवस्थित गर्ने बताए ।

यो कार्यक्रम नेपालका लागि दुरगामी र नयाँ अभ्यासको शुरुवात भएको बताउदै प्रधानमन्त्री ओलीले यसले समृद्ध नेपाल बनाउने अभियानमा ठुलो सहयोग हुने विश्वास व्यक्त गरे ।

सरकारसँग स्पष्ट लक्ष्य रहेकाले देशलाई विकासको गन्तव्य पुर्याउन सकिने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले नेपालमा पहिलो पटक स्थिर सरकार रहेको भन्दै सरकार ५ बर्ष चल्ने बताए । उनले हामी कँहा सरकारले एक बर्ष पुरा गर्नु पनि नयाँ कुरा भएको भन्दै अब आफुहरुसँग बहुमत रहेकाले सरकार पुरा समय चल्ने स्पष्ट पारे ।

सरकारले यस बर्षलाई आधार बर्ष मानेर आएको भन्दै अब कानुन पनि बनिसकेकाले अब विकासमा कुनै अवरोध नआउने स्पष्ट पारे । अब देशमा विकास र समृद्धिको यात्रा सुरु भएको बताउदै अब यो यात्रा नरोकिने बताए ।

प्रधानमन्त्री ओलीले राष्ट्रनिर्माणको अभियानलाई अल्मल्याउन कोशिश गरिरहेको भन्दै यसलाई सचेतनाको रुपमा आफुले लिएको बताए । अहिले सरकार संचालन गर्ने पार्टी नेकपा भित्र समस्या सिर्जना गर्ने कोशिश भइरहेको भन्दै आफुले त्यो देखिरहेको बताए ।

नेकपा भित्र फुट पैदा गर्ने कसैले प्रयास नगरे पनि हुने भन्दै त्यो प्रयास असफल हुने बताए । अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्न समेत प्रयास भइरहेको भन्दै प्रधानमन्त्री ओलीले ति प्रयासहरु कुनै काम लाग्ने नभएको बताए । उनले फुटाउने खेलमा लाग्नु भन्दा देश विकासमा लाग्न सबैलाई आग्रह समेत गरे ।

नेपाल सुस्पष्ट विदेश नीतिका साथ, पारदर्शी ढंगले अन्तर्राष्ट्रिय मंचहरुमा उभिएको भन्दै यस बारेमा कसैलाई कुनै दुबिधा नरहेको स्पष्ट पारे ।   
 
  
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै