• २०८१ बैशाख १४ शुक्रबार

गाई पाल्न थालेपछि खाली छैन हातमा दाम

kharibot

फाइल तस्वीर

पाल्पा । सात वर्ष अगाडि निकै कष्टसँग जीवन गुजारा चलाउन बाध्य रामपुर नगरपालिका–६ बस्ने विष्णुदेवी गैरेलाई अहिले गाईपालन व्यवसाय अर्थोपार्जनको माध्यम बनेको छ ।

आफ्नो परिवारमा कमाउने कोही व्यक्ति थिएन, व्यवसाय गर्न आफन्त, साथीभाइकहाँ ऋण सापटी माग्न पुग्दा सबै टाढिए । कसैको सहयोग र साथ नपाएपछि लालपुर्जा बैंकमा धितो राखेर सात वर्ष अघि नवलपरासीबाट रु ८० हजारमा होलस्टिन र जर्सी जातका गाई खरीद गरेर व्यवसाय शुरु गरेकामा गोठमा गाई बाध्न थालेको दिनदेखि आम्दानी गर्ने गतिलो माध्यम बनेको उनले जानकारी दिइन् ।

दूध बिक्रीबाट राम्रो आम्दानी हुँदै गएपछि व्यवस्थित गोठ निर्माण र गाईको सङ्ख्या पनि थप गर्दै जाँदा अहिले उनको फार्ममा छ वटा माउ गाई र छ वटा कोरली बाँच्छी छन् । “चार गाई ब्याउने छन् अहिले दुई दुहुना गाईबाट ३० देखि ३५ लिटरसम्म दूध उत्पादन भइरहेको छ”, गैरेले भनिन् । दूध बिक्रीबाट खर्च कटाएर मासिक रु ३५ हजार बराबर उनको आम्दानी छ ।

दूध बिक्रीका लागि बजार सहज भएकाले पनि व्यवसायमा हौसला झन बढ्दै गएको गैरेले बताइन् । प्रतिलिटर रु ५५ मा दूध बिक्री भइरहेको छ । “पहिला निकै दुःख थियो आयस्रोत नहँुदा गाईपालन व्यवसाय चलाएपछि अहिले दिनहुँ हातमा दाम परिरहेको छ,” उनले भनिन् । गैरे जिल्लामै नमूना गाईफार्म सञ्चालन गर्ने एक अगुवा महिला कृषक हुन् ।

रु सात लाख खर्चिएर व्यवसाय शुरु गर्नुभकामा यसलाई विस्तार गर्दै जाँदा अहिलेसम्म रु १५ लाख जति लगानी गरेकी गैरले दुई चार पैसा आवश्यक परेका बेला समाजमा ऋण माग्दा पैसा सापटी नदिनेका अगाडि अहिले अरूलाई ऋण दिनसक्ने हुनाका साथै पाँच जनाको परिवार अहिले सुखसँग पाल्न, घर व्यवहार चलाउन र दुई छोरालाई उच्च शिक्षा पढाउन सजिलो भएको बताइन् । गोठको क्षेत्रफल बढाएर ५०÷६० वटा सम्म गाई पाल्ने लक्ष्य रहेको उनले उल्लेख गरिन् । मेहनत गरियो भने अवस्य पनि सफलता मिल्दो रहेछ भन्ने अनुभव म आफैँले लिएकी छु उनले भनिन् ।

भवन निर्माणका लागि आर्थिक सहयोग

क्रियाशील मगर उत्थान समूहको भवन निर्माणका लागि आर्थिक सहयोग प्राप्त भएको छ । समूहका सदस्य हीराबहादुर रानाले रु ७५ हजार १५५ भवन निर्माणका लागि सहयोग गरेका हुन् ।

समूहले थालनी गर्ने काममा सहयोग पुर्याउनका भवन निर्माणमा सहयोग गरेको उनले बताए । किसानबारी खेलमैदान अगाडि भवन निर्माण भइरहेको छ । समूहको कोषबाट रु १० लाख र अन्य सहयोगीको थप सहयोग रकमबाट दुईतले भवन निर्माण शुरु गरिएको उक्त समूहका अध्यक्ष रामबहादुर हिस्की थापाले बताए । बैठक, भेला, छलफल गर्न सजिलो होस् भन्ने उद्देश्यले भवन निर्माण थालिएको उनले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै