• २०८१ बैशाख २७ बिहीबार

हिरो गोल्डकप : नेपाल म्यानमारसँग पराजित हुदै उपविजेता बन्यो

kharibot

काठमाडौँ । भारतमा जारी हिरो गोल्डकप महिला फुटबलको फाइनल म्यानमारसँग पराजित भएको छ । नेपाल म्यानमारसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलमा म्यानमारले खेलको दोस्रो हाफमा २ गोल थपेको थियो ।

नेपालका लागि एक गोल खेलको ४५ मिनेटपछिको अतिरिक्त समयमा मन्जली योन्जनले गरेकी थिइन् ।

नेपाल समुह चरणको खेलमा पनि म्यानमारसँग ३-० ले पराजित भएको थियो । नेपालले यस प्रतियोगितामा भारतलाई २-१ गोल अन्तरले र इरानलाई ३-० ले पराजित गर्दै फाइनलमा पुगेको थियो । 

फिफा वरियतामा १०८औ स्थानमा रहेको नेपालले समुह चरणमा ६०औ स्थानमा रहेको इरान र ६२औ स्थानमा रहेको भारतलाई पराजित गरेको थियो भने ४४औ स्थानमा रहेको म्यानमारविरुद्ध फाइनल खेलेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै