• २०८१ बैशाख २० बिहीबार

स्मार्ट टेलिकम ४५ जिलामा विस्तार 

kharibot

काठमाडौं । स्मार्ट टेलिकम्युनिकेसन कम्पनीले आफ्नो  नेटवर्क ४५ जिल्लाहरुमा विस्तार गरेको छ । काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, पोखरा, नेपालगञ्ज, विरगञ्ज, विराटनगर लगायत नेपाल अधिराज्यका आधिकांश प्रमुख शहरहरुमा स्मार्टको सेवा उपलब्ध हुँदै आएको छ । 

यो विस्तारसँगै कम्पनीको द्धन् सेवा अब १९ जिल्लामा २ जी सेवा २६ जिल्लाहरुमा पुगेको छ । स्मार्टको द्धन् सेवा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, कास्की, नवलपरासी, बाँके, दाङ, कैलाली, बर्दिया, कन्चनपुर, पर्सा, धनुषा, चितवन, सप्तरी, सिराहा, मोरङ्ग, झापा तथा सुन्सरीमा पुगिसेको छ । 

१० मेगाहर्ज फ्रिक्वेन्सीमा सञ्चालन हुने स्मार्टको सेवा ग्राहकहरु माझ अत्यन्त रुचाइदै आएको छ । स्मार्टको इन्टरनेट अन्य दूरसञ्चारहरुको तुलनामा अत्यधिक गतिको रहेको छ । स्मार्ट डाटा सेवाको लागि कम्पनीले ४ जी एलटिइ प्रविधि युक्त सेवा प्रदान गरेको छ । यो मोबाइल डाटाको लागि संसारमै सबैभन्दा बढी रुचाइएको प्रविधि हो ।

कम्पनीले नेपालका ग्रामीण भेगहरुका आफ्नो सञ्जाललाई क्रमशः विस्तर गर्दै गइरहेको छ । कम्पनीले आफ्नो गुणस्तरीय, दू्रत सेवा तथा कभरेजद्वारा ग्राहकलाई सेवा प्रदान गरी अगाडि बढाउन आफ्नो लगानी वृद्धिसमेत गर्दै आएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै