काठमाण्डौ । शिवम् सिमेन्टले आयोजना प्रभावित तथा आम सर्वसाधारणका लागि कम्पनीको साधारण शेयर अर्थात् आईपीओ आजदेखि खुला गरेको छ ।
जम्मा ४६ लाख ९९ हजार ६ सय ४० कित्ता शेयर निष्काशन गरिएकोमा सर्वसाधारणलाई ४१ लाख २० हजार कित्ता, मकवानपुरबासिका लागि ५ लाख ७९ हजार ६ सय ४० कित्ता र सामूहिक लगानी कोष एवम शिवम सिमेन्टका कर्मचारीका लागि ६० हजार कित्ता छुट्याइएको छ ।
आईपीओमा मकवानपुरबासीन्दाले प्रति कित्ता २ सय र बाँकी सर्वसाधारणले प्रतिकित्ता तीन सय रुपैयाँ तिर्नुपर्नेछ । शेयरमा मेरो शेयरमार्फत अनलाइनबाट तथा आश्वा सदस्य अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थामार्फत ७७ जिल्लाबाटै आवेदन दिन सकिनेछ ।
आवश्यक मात्रामा आवेदन परे आईपीओ छिटोमा फागुन ९ गते बन्द हुने र आवेदन नपरे चैत ५ गतेसम्म खुला रहनेछ ।