• २०८१ बैशाख १५ शनिबार

नेकपाको कार्यदलको समय थप्न थप छलफल गरिने 

kharibot

फाइल तस्बीर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संगठनिक एकता टुंगो लगाउन गठित कार्यदलको म्याद थप गर्नुपूर्व सदस्यहरुसँग छलफल गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकमा कार्यदलले प्रतिवेदन पेश गरेको छ । कार्यदलले थप कामका लागि समय मागेको छ ।

कार्यदलले लामो समय लिँदा पनि विधान बाहेकका विषयमा सहमति जुटाउन सकेन । बैंठकले कार्यदलका सबै सदस्यलाई फागुन–९ गते बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नौ गते बस्ने बैंठकले सांगठनिक एककीकरणका थप कामलाई कसरी अगाडि बढाउने बिषयमा निर्णय गर्ने छ ।

बैठकले कार्यदलले बुझाएको अपूर्ण प्रतिवेदनमाथि छलफल गरेको थियो । गत मंसिर २९ गतेदेखि बसेको पार्टीको स्थायी समिति बैठक सकिँदै गर्दा पुस १३ मा ९ सदस्यीय कार्यदल गठन गरिएको थियो ।

कार्यदलको संयोजकमा सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापा बादल छन् भने सदस्यहरुमा महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल, रघुवीर महासेठ छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय