• २०८१ बैशाख १४ शुक्रबार

लेडी गागा र क्रिस्चियन कारिनोको ब्रेक अप 

kharibot

काठमाडौँ । लेडी गागा र उनको प्रेमी क्रिस्चियन कारिनो एक अर्काबाट अलग्गिएका छन् ।

गायिका तथा नायिका लेडी गागाको एक प्रतिनिधिले यस कुराको द एशोसीएटेड प्रेसलाई पुष्टि गरेका छन् । उनीहरूबारे थप विवरणहरू भने उपलब्ध गराइएको छैन ।

३२ वर्षिया गागा र ४९ वर्षिया कारिनो सन् २०१७ बाट सम्बन्धमा रहँदै आएका थिए । यस अघि लेडी गागा कलाकार टेलर किन्नेसँग सम्बन्धमा रहेकी थिइन् ।

फेब्रुअरी २४ मा सम्पन्न हुने यस वर्षको ओस्कार अवार्डमा लेडीगागा दुई विधामा मनोनयनमा परेकी छिन् । उनी उत्कृष्ट नायिकाको विधा र उत्कृष्ट मौलिक गीत विधामा फिल्म 'अ स्टार इज बर्न'का लागि मनोनयनमा परेकी छिन् । उनी अभिनित फिल्म ८ विधामा ओस्कार मनोनयनमा परेको छ ।

यी दुई विधाका अलावा फिल्म उत्कृष्ट चलचित्र, उत्कृष्ट पुरुष कलाकार, उत्कृष्ट सहायक भूमिकाका कलाकार, उत्कृष्ट सिनेमेटोग्राफी, उत्कृष्ट ध्वनि मिश्रण, उत्कृष्ट भिजुअल इफेक्ट र उत्कृष्ट एडाप्टेड स्क्रिनप्ले विधामा मनोनयनमा परेको छ ।

लस एन्जेलसको डोल्बाई थिएटरबाट प्रतक्ष्य प्रशारण हुने ओस्कार समारोहमा लेडी गागाले लाइभ प्रस्तुती दिने पनि तय भइसकेको छ । कार्यक्रमको प्रतक्ष्य प्रशारण स्टार मुभिजले गर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै