• २०८१ बैशाख १५ शनिबार

प्रधानमन्त्रीको सम्बोधनप्रतिको धन्यवाद प्रस्ताव पेश गर्ने बैठक काँग्रेसद्वारा बहिष्कार

kharibot

प्रधानमन्त्री केपी शर्मा ओली धनगढीमा बुधबार सुदूरपश्चिम प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै । तस्वीरः रासस

धनगढी  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठकलाई गरेको सम्बोधनप्रतिको धन्यवाद प्रस्ताव पारित गर्न आह्वान भएको दोस्रो बैठक स्थगन गरिएको छ । 

पहिलो बैठक सकिएको १५ मिनेटपछि आह्वान गरिएको दोस्रो बैठकमा प्रधानमन्त्रीको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पेश गर्ने कार्यसूची रहेकामा बैठक शुरु हुँदा प्रतिपक्षी बेञ्चमा कुनै पनि सदस्यको उपस्थिति नभएपछि संसदीय परम्पराअनुसार कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले बताए । 

प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले प्रधानमन्त्रीको सम्बोधनपछि सभामुखले धन्यवादज्ञापन गरिसकेको अवस्थामा औपचारिक रुपमा अर्को बैठक आह्वान गरेर धन्यवाद प्रस्तावको कार्यसूची राख्नु जरुरी नभएकोले आफूहरुले बुधबारको दोस्रो बैठक बहिष्कार गरेको प्रतिक्रिया दिए  । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै