• २०८१ बैशाख २० बिहीबार

मुक्तिनाथ विकास बैंकका एकै साथ तीन शाखा संचालन 

kharibot

काठमाडौँ । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा कास्की जिल्लाको अमरसिङ्गचोक, जिरो किमी तथा लामाचौर गरी आफ्ना तीन शाखा कार्यालय विस्तार गरेको छ । 

अमरसिङ्ग शाखाको समुद्घाटन प्रदेश नं ४ का प्रदेशसभा सांसद मन बहादुर गुरुङले गरेका छन् । शाखा कार्यालय समुद्घाटन गर्दै गुरुङले बैंकको प्रगतिको कामना गर्दै बैंकिङ्ग व्यवसाय प्रवर्धनको शुभकामना व्यक्त गरेका थिए ।

जिरो किमी शाखाको समुद्घाटन आर्थिक योजना तथा मामिलामन्त्री किरण गुरुङले गरेका थिए । शाखा कार्यालय समुद्घाटन गर्दै मन्त्री गुरुङले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताउँदै यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्न जोड दिएका थिए ।

लामाचौर शाखाको समुद्घाटन पोखरा महानगरपालिका वडा नं १६ का अध्यक्ष जीवन आचार्य तथा पोखरा महानगरपालिका वडा नं १९ शोभा मोहन पौडेलले संयुक्त रुपमा गरेका थिए ।

शाखा कार्यालय समुद्घाटन गर्दै आचार्य तथा पौडेलले जनता बैंकमा होईन, बैंक जनतामा जानु पर्दछ भन्ने मुल नाराका साथ मुक्तिनाथ विकासको सेवा उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पुर्याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा बैंकका ब्रान्ड एम्बेसडर सीताराम कट्टेल (धुर्मुस), स्थानीय, समाजसेवी तथा भद्रभलाद्मीहरुले बैंकको सफलताको शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रमका सभापति तथा बैंकका अध्यक्ष खिमप्रकाश मल्लले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । सो क्रममा उनले विकास निर्माणका कार्यहरुमा यस बैंकले दिनुपर्ने तथा गर्नुपर्ने बैंकिङ्ग हातेमालो गर्न सधै तत्पर रहेको बताए ।

त्यसैगरी यस बैंकको व्यवसायबृद्धिसंगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै