• २०८१ बैशाख १४ शुक्रबार

प्रदेश ५ को राजधानी दाङ नै उपयुक्त हुन्छ – उर्जामन्त्री पुन

kharibot

दाङ । जलस्रोत तथा उर्जामन्त्री वर्षमान पुनले दाङ नै प्रदेश ५ को स्थायी राजधानी हुनुपर्ने बताएका छन्  । 

शुक्रबार दाङमा रिपोटर्स क्लबले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले स्थायी राजधानी तोक्ने अधिकार प्रदेश सभामा मात्रै रहेको बताए ।

पुनले दाङ राजधानी नभए बाँके र बर्दिया प्रदेश नं ५ बाट टुक्रिने तयारीमा रहेकोसमेत जानकारी दिए । त्यहाँका जनताले टुक्रिने अभिव्यक्ति दिइरहेको बताउँदै पुनले भने, 'उनीहरुको माग सम्बोधन गर्न उपयुक्त स्थानमा राजधानी बनाउनुपर्छ। त्यो दाङ नै हो। ' उनले तुलसीपुर क्षेत्रका सबै स्थानहरुमा एक वर्ष भित्रमा विद्युतिकरण गरिसक्ने जानकारी दिए ।

उर्जामन्त्री पुनले नेकपा अध्यक्ष र शीर्ष नेताहरुमा कुनै पनि मतभेद नभएको दावी गरे । आफु पनि नेकपाको कार्यदल सदस्य रहेको बताउदै उनले शीर्ष नेताबीच कुनै पनि मदभेद नभएको स्पष्ट पारे । पुनले भने , 'बाहिर आए जस्तो कुनै मतभेद छैन, तर बहस र तर्कहरु शीर्ष नेताबाट आइरहेको छ । त्यसलाई मदभेद भन्न मिन्दैन । दुई अध्यक्ष र वरिष्ठ नेतामा त्यस्तो केहि छैन ।'

नेकपाका नेतासमेत रहेका पुनले जिल्लास्तरको नेतृत्व चाडैँ चयन हुने बताए । हामी अविलम्ब एकता प्रक्रिया अघि बढाउने तयारीमा छौ, उनले भने, अब अभियानकै रुपमा सञ्चालन गरेर सबै तह, क्षेत्रमा एकता हुन्छ । मन्त्रि पुनले तीन वटै सरकारले एक वर्ष पुरा गरेको भन्दै पहिलो वर्ष कामको आधार खडा भएको बताए । उनले सरकार मूलरुपमा एक वर्षमा सफल भएको दावी समेत गरे ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै