• २०८१ बैशाख १५ शनिबार

कृषि विकास बैंकको एक्सटेन्सन काउन्टरको शुभारम्भ

kharibot

कञ्चनपुर । कञ्चनपुर जिल्लाको कञ्चनविद्या मन्दिर सामुदायिक कलेजमा कृषि विकास बैंक लि.को एक्सटेन्सन काउन्टरको शुभारम्भ कार्यक्रमको मिति २०७५ साल फाल्गुण ६ गतेका दिन कृषि विकास बैंक लिका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र विद्यालयका अध्यक्षले संयूक्तरुपमा औपचारिक उदघाटन गरेका छन् । 

कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय, धनगढीका निर्देशक हरिश्चन्द्र यादवको अध्यक्षतामा भएको समुदघाटन कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थी, सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको उदघाटन समारोहमा विद्यालयका अध्यक्षले बैंकले उपलव्ध गराउने सेवाहरुले यस विद्यालयमा अध्ययनरत विद्यार्थी लगायत कञ्चनपुर बासीहरुको मन छुन सकोस र गरिव भन्दा गरिब किसानको जिवनस्तर उकास्नमा मद्दत पुगोस भन्दै बैंकको उच्च प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरे । 

कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको प्रोडक्टको बारेमा जानकारी गराउंदै यस विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुलाई एटिएम,एसएमएस,मोवाईल बैंकिङ्ग सुविधा छिटो भन्दा छिटो स्मार्ट बैकिङ्ग सेवाहरु निशुल्क सेवा प्रदान गर्ने तथा विद्यालय हाता भित्र बन्ने क्रिकेट मैदानलाई बैंक सहयोग गर्ने बताए । 

साथै स्थानीय जनता र विद्यालयको निरन्तर सहयोग भएमा बैंकले आफ्ना सेवाहरुमा गुणस्तरीयता बृद्धि गर्दै लग्ने  विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले प्रकाश पारे ।

त्यस्तै गरी बैंकका का.मु.उप–महाप्रबन्धक चुडामणी तिम्सिेनाले देशका यूवाशक्तिलाई कृषि विकास बैंक प्रति आकर्षण गर्ने गरी आफना सेवाहरुमा सुधार गर्दे आएको र भविष्यमा पनि अझ बढी आधुनिक गुणस्तरीय सेवा उपलव्ध गराउने भनि प्रकाश पारे भने कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय धनगढीका निर्देशक हरिश्चन्द्र यादवले बैंकले अबका दिनमा विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा प्रकाश पारे ।

सो उदघाटन कार्यक्रममा कृषि विकास बैंक लि. सामान्य सेवा विभागका विभागीय प्रमुख दिर्घ बहादुर अर्यालय, क्षेत्रिय कार्यालय धनगढीमा  कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै