• २०८१ बैशाख १६ आइतबार

नायिका सोनाक्षी सिन्हामाथि ठगीको आरोपमा मुद्दा दर्ता

kharibot

पैसा लिएर कार्यक्रममा उपस्थित नभएको भन्दै बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र अन्य ४ जनालाई भारतको मुरादावादमा ठगीको मुद्दा दर्ता गरिएको छ । भारतीय संचारमाध्यमहरूले जनाएअनुसार दिल्लीमा आयोजना हुने उक्त कार्यक्रमका लागि अग्रिम भुक्तानी लिए पनि सिन्हाले पछि प्रस्तुती दिन अस्वीकार गरेकी थिइन् ।

जाहेरी दरखास्तमा उल्लेख गरिएको छ कि सिन्हाले २०१८ को सेप्टेम्बर ३०मा प्रस्तुती दिनेछु भनेर ३७ लाख भारु आयोजकबाट भुक्तानी लिएकी थिइन् । तर अन्तिम घडीमा आएर उनले कार्यक्रममा उपस्थित हुन अस्वीकार गरिन् । यसले गर्दा आफूले ठूलो घाटा सहनु परेको भन्दै आयोजकद्वारा मुद्दा दायर गरिएको हो ।

कवुल गरिएअनुसार आफूले सोनाक्षीलाई कार्यक्रममा प्रस्तुती दिन अनुरोध गरेको र उनी नआए आफूलाई ठूलो घाटा हुने बताएको तर पनि उनी कार्यक्रममा पस्तुती दिन नआएको भन्दै मुद्दाका वादीले भारतीए संचारमाध्यमलाई बताएका छन् ।

सिन्हा र अरु ४ व्यक्तिलाई ठगीको अभियोगमा एफआइआर दर्ता गरिएको मुरादावादका प्रहरी अधिकारीले संचारमाध्यमलाई जनाएका छन् ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै