• २०८१ बैशाख १६ आइतबार

विद्यार्थी कालदेखी नै राजनीतिमा सक्रिय रविन्द्र अधिकारी 

kharibot

काठमाडौँ । बुधबार ताप्लेजुङमा भएको हेलीकप्टर दुर्घटनामा देशले एक युवा र जुझारु राजनीतिज्ञ गुमाएको छ । हाल संस्कृति,पर्यटन तथा नागरिक उड्यानमन्त्री रहेका रबिन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार ७ जनाले ज्यान गुमाएका छन् । 

देशको लागि केहि गर्न चाहाने र सबैको आशाको केन्द्र रहेका अधिकारी मृत्यु भएपछि अहिले देश नै शोकमा डुबेको छ । तेह्थुमको चुहान डाँडाँ एयरपोर्ट  निरीक्षणपछि अधिकारीसहित अन्य ६ जनाको टोली  पाथीभराको दर्शनगरी फर्किने क्रममा दुर्घटनामा परेको थियो ।

रविन्द्र अधिकारीलाई नजिकबाट चिनौं : 

२०२६ बैशाख २२ गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाबिस जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र पिता इन्द्र प्रसाद अधिकारीका जेष्ठ सुपुत्रको रुपमा रबिन्द्र अधिकारीको जन्म  भएको हो । आफ्नो गाऊँकै श्री ब्रह्म ज्योति प्रावि शान्ति पंधेरा गैरागाऊंबाट प्राथमिक शिक्षा र शान्ति उदय माबि, हालको उच्च माबि बरपाण्डेथुमबाट माध्यामिक शिक्षा हासिल गरेका थिए । बुवा इन्द्रप्रसाद अधिकारी माध्यमिक बिद्यालयका शिक्षक थिए, जसका कारण पनि उनलाई  शिक्षाका लागि राम्रो बाताबरण घरदेखि नै थियो । सानै उमेरदेखि राजनीतिक गतिबिधिमा चासो राख्ने अधिकारी बिद्यालयमा अनेरास्वबियु,  रेडक्रस  र क्लबहरुमा संलग्न थिए । बिद्यार्थीका लागी निशुल्क कोचिंग कक्षा, पुस्तकालय, सरसफाई,  खेलकूद,  सांस्कृतिक कार्यक्रम,  नाटक,  प्रहसन, लगायतका माध्यमबाट राजनीतिक जागरण सृजना गर्न सफल अधिकारी हाईस्कुले जीबनमा बिद्यालयका जेहन्दार, लगनशील अध्ययनशील र अनुशासित बिद्यार्थी थिए । 

बिद्यार्थी राजनीति र उच्च शिक्षा

प्रबेशिका उतीर्ण गर्ने बित्तिकै बन बिज्ञान अध्ययन संस्थानमा भर्ना भएको भए पनि  केही समय पछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू गरेका थिए । बिद्यालयदेखि नै राजनितिमा चासो राख्ने हुनाले क्याम्पस पुगे पछि बिद्यार्थी राजनैतिक गतिबिधिमा सक्रिय भइ , २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य ,२०४५ सालमा नै अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष,२०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन बिश्वबिद्यालय केन्द्रीय क्याम्पस किर्तीपुरमा स्वबियु सभापतिमा निर्वाचित समेत भएका थिए ।
२०५६ सालमा अनेरास्वबियुका केन्द्रीय अध्यक्ष बनेका अधिकारी २०५३ सालमा  स्वबियु काउन्सिल नेपालका संयोजकमा निर्वाचित समेत भएका थिए । 

त्रिबिबाट ब्यबस्थापनमा स्नातकोत्तर गरेका उनले संबिधान सभा लोकतन्त्र र पुनर्संरचना पुस्तक २०६३ मा प्रकाशित  समेत गरेका थिए । एशियाली बिद्यार्थी संगठन, बिश्व प्रजातान्त्रिक युबा संघ लगायत अन्तराष्ट्रीय युबा बिद्यार्थी संगठनमा संलग्न भएर भूमिका निर्वाह गर्नु भएका अधिकारी बिभिन्न अन्तराष्ट्रीय सम्मलेनमा समेत भाग लिएका थिए ।  

बिद्यार्थी आन्दोलन र जेल

पंचायतकालमा बिद्यार्थी आन्दोलन स्वतन्त्रता, प्रजातन्त्र, प्राज्ञिक स्वतन्त्रताको पक्षमा क्रियाशील थियो । पञ्चायती निरंकुशतालाई समाप्त पार्ने आन्दोलनको अभिष्ट थियो । शैक्षिक मुद्दा र माग पनि ब्यबस्था संग नै जोडिएका हुन्थे । आजको आबश्यकता संयुक्त संघर्ष प्रजातन्त्रका लागी पञ्चाएतको अन्त्य भन्ने नाराका साथ ०४६को जनआन्दोलनमा क्रियाशील  अधिकारीलेपञ्चायतकालमा पटक-पटक गरी छ महिना जेल र हिरासतमा बिताएका थिए । ०४६ सालको आन्दोलनको केन्द्र पोखरा थियो । त्यतिबेला उनले क्याम्पस, जिल्ला र सयुक्त आन्दोलन परिचालन कमिटीका हैसियतले सफल नेतृत्व  गरेका थिए  । ०४६ को  परिबर्तन पछि बिद्यार्थी आन्दोलन रचनात्मक र बढ्ता शैक्षिक मुद्दामा केन्द्रित हुनु पर्छ भन्ने बिचार राख्ने अधिकारीले पृथ्वीनारायण क्याम्पसमा त्यसलाई सफल प्रयोग र कार्यान्वयन  समेत गरेका थिए । कलेज भवन निर्माण, क्याम्पसगेट, बाटो निर्माण, शैक्षिक बाताबरण, पुस्तकालय, रचनात्मक क्रियाकलाप शैक्षिक गुणस्तर सुधार,क्याम्पसमा बिद्यार्थीको पोशाक आदि कुराहरुमा ठुलो सुधार र परिबर्तन भयो ।

त्रिबिका स्वबियु सभापति हुदा पुस्तकालय, शैक्षिक बाताबरण, शैक्षिक गुणस्तर खेल मैदान निर्माण, प्रबेश परीक्षा, बरिष्ट प्राध्यापकहरुको सम्मान जस्ता रचनात्मक कार्यक्रम संचालन गरेर लोकप्रियता कमाएका  अधिकारीले बिश्वबिद्यालयमा निरंतर प्राज्ञिक बहस संचालन गर्ने गर्थे  

शिक्षामा भएको निजीकरण र ब्यापारिकरण, प्रबिधिक शिक्षाको बिस्तार र गुणस्तरियता, सबैका लाई गुणस्तरिय शिक्षा, जस्ता आन्दोलन र राष्ट्रीयताको पहरेदारी, कालापानी मार्च, सीमा सुरक्षा अभियान, नेपाली भू –भाग डूबाउने लक्ष्मणपुर बांधको बिरोध तथा शाहज्यादा पारस शाहको ज्यादतीबिरुद्द आन्दोलन,  हत्यारा बस्ने दरबारमा हैंन जेलखानमा हो भन्दै पांच लाख २३ ह़जार हस्ताक्षर दरबारमा बुझाउने, यातायात लगायत सार्बजनिक क्षेत्रमा ३३ प्रतिशत बिद्यार्थी सहूलियतको आन्दोलनको प्रमुख अगुवाई गरेकै कारण बिद्यार्थी आन्दोलनमा उनको नाम नमेटीने गरी लेखिएको छ ।

नेकपा एमाले पार्टी राजनीतिमा 

२०४५ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गरेका अधिकारी २०३९ सालमा पार्टीको रेडगार्ड अर्गनाइजेसनमा संगठित समेत भएका थिए ।  अधिकारी २०४०मा इलाका पार्टी कमिटीमा,२०४६र४७ मा पोखरा नगर कमिटी र २०४८ मा पार्टी जिल्ला कमिटीमा र त्यस पछि लगातार जिल्ला कमिटीमा सक्रिय हुदै ,   २०६०  र ०६३ मा पार्टीको कास्की जिल्ला कमिटीको सचिब सचिबमा निर्वाचित  भएका थिए । पार्टीको राष्ट्रीय परिषद् सदस्य, अन्चल कमिटी सदस्य भएर काम गरी सकेका अधिकारी हाल पार्टीको राष्ट्रीय प्रतिनिधि परिषद्को सदस्य, केन्द्रीय पार्टी स्कुल बिभाग र संसदीय बिभागको सदस्य रहेका थिए । 

संसद र संबिधान सभा

२०६४ र २०७० सालको संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित भए पछि संसदमा खेलेको भूमिका सबैलाई अबगत भएकै कुरा हो । सार्बजनिक लेखा समितिमा रहेर जलबिद्युत, फ्रिक्योंसी, सार्बजनिक संस्थान, बैंक, उद्योग, सेना, बिकास खर्च,  मेसिन रीडएबल पासर्पोर्ट आदि बिषयमा बिभिन्न उप-समितिमा रहेर त्यसको नेतृत्व समेत गरेका थिए  । संबिधान सभामा राष्ट्रीय हितको संरक्षण समिति र युबाहरुको दबाब समिति निर्माण गरी संबिधान सभा निर्माणमा निरन्तर खबरदारी गर्न अधिकारीको उल्लेख्य भूमिका रहेको थियो । 

संबिधानसभा निर्माणमा सुरक्षा र अन्तराष्ट्रीय सीमाका बिषयमा उपसमितिको नेतृत्व गर्दै २०७० को चुनाब पछी संसदको बिकास समितिमा सभापति समेत रहेका थिए।  । संसद्को बिकास समितिमा रहदा नेपालमा बिकासको बहसलाई नयाँ उच्चाई दिन सफल अधिकारीले राष्ट्रिय गौरवका योजनाहरु र अन्य बिकास निर्माणका योजनालाई सफल बनाउन क्रियाशिल  रहेका उनी २०७४ सालको संघीय संसदमा कास्की क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।  लगातार तेश्रो पटक निर्वाचित अधिकारी हाल नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री थिए । 

बिदेश भ्रमण

बिद्यार्थी नेता,पार्टी नेता र संबिधानसभारसंसद सदस्यका हैसियतले उनले  नेपालको प्रतिनिधित्व गरेर अमेरिका,  जापान,  दक्षिण कोरिया, भारत,  चीन, थाइल्याण्ड,  भियतनाम, इटाली, श्रीलंका, रूस, क्यूबा, पाराग्वे, दक्षिण अफ्रीका, अल्जेरिया, कम्बोडिया, नर्वे, लगायतका देशको भ्रमण गरेका थिए । 

राजनीति र बिकास

राजनीति र बिकास एक अर्काका अन्तर-सम्बंधित हुन भन्ने ठान्ने रबिन्द्र अधिकारी संबिधानसभा र संसदमा रहदा कास्की जिल्लाको बिकासमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

पोखराको पर्यटन बिकास, ग्रामीण बाटो, फेवा बेगनास, रूपा लगायत ताल तलैयाको संरक्षण, सरसफाई,पोखरा फराकिलो बनाउने,पुलहरू निर्माण गर्ने ,पोखरा बिश्वबिद्यालय ,पृथ्वीनारायण क्याम्पस लगायत बिभिन्न  बिद्यालयहरुको  निर्माण, पोखराको खानेपानी, क्लबहरु,खेलकूदको क्षेत्रमा पनि उलेख्य भूमिका खेलेका छन् । पोखरालाई बिश्वकै उत्कृष्ट शहर बनाउने अभिष्ट बोकेका अधिकारी पोखरामा अन्तर्राष्ट्रिय बिमानस्थल, चक्रपथ, काठमाडौँ पोखरा लुम्बिनी फाष्ट ट्रयाक, काठमाडौँ-पोखरा रेल वे, मध्यपहाड़ी राजमार्ग, जस्ता पुर्बाधार निर्माणको दबाब सृजना गर्ने काम गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । बिकासका लागी राजनीति भन्ने मान्यता अनुसार कास्की जिल्ला मात्र हैन मुलुककै आर्थिक बिकासको दृष्टिकोण दिदै आएका अधिकारी एक बिकास प्रेमी नेता थिए ।

संसदको विकास समितिको सभापति भएपछि उनले नेपालको विकासमा केही परिवर्तन ल्याउन सकिन्छ कि भन्ने लागेर विकासका कार्यमा झनै सक्रियताका साथ लागि परेका थिए ।

पछिल्लो सयम मेलम्ची खानेपानी आयोजना, कर्णाली करिडोर, बागमती करिडोर, कालिगण्डकी करिडोर, नेपाल–चीन जोड्ने नाकाहरु, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, निजगढ–काठमाडौं फास्टट्रयाक, नीजगढ अन्तराष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल लगाएतका आयोजनाको अनुगमन तथा निरक्षण र उक्त आयोजनाहरु कार्यान्वयनका लागि क्रियाशिल रहदै आएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै