• २०८१ बैशाख १५ शनिबार

अध्यक्ष प्रचण्डद्वारा हेलिकप्टर दुर्घटनामा दिवङ्गत परिवारजनलाई समवेदना प्रकट

kharibot

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारजनलाई आज बिहान भेट गरी समवेदना प्रकट गरेका छन् ।

उनले पुल्चोकस्थित मन्त्री निवास हरिहर भवन पुगेर दिवङ्गत मन्त्री अधिकारीका बुबा, आमा र श्रीमतीलाई समवेदना प्रकट गरेको दाहालको सचिवालयले जनाएको छ ।

त्यसैगरी अध्यक्ष प्रचण्डले आजै बिहान व्यवसायी आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल सरकारका उपसचिव युवराज दाहालका परिवारसमेतलाई भेटी समवेदना दिएको सचिवालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय