• २०८१ बैशाख १७ सोमबार

गण्डकीका मुख्यमन्त्री अधिकारी पदमुक्त, पाएनन् विश्वासको मत

kharibot

गण्डकी ।  गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत गुमाएका छन् । 

शनिबार गण्डकी प्रदेश सभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको पक्षमा २४ मत मात्र परेपछि उनले विश्वासको मत गुमाएका हुन् । उनको प्रस्तावको विपक्षमा ३५ मत परेको थियो । 

आजको मतविभाजनमा ५९ सांसद उपस्थित रहेका थिए । 

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएपछि वर्तमान सरकार अल्पमतमा परेको थियो । समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले आजको प्रदेशसभाबाट विश्वास लिने प्रयास गरेका थिए ।

६० सदस्यीय प्रदेशसभाको विश्वास लिन मुख्यमन्त्रीलाई ३१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । गत पुस २५ मा एमालेसहित माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा अधिकारी गण्डकी प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका थिए । 

सरकार गठनका लागि निर्णायक माओवादी केन्द्रले समर्थन फिर्ता लिएर नेपाली कांग्रेससँगको गठबन्धनमा पुगेको छ । 

प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका आठ (सभामुखसहित), राप्रपाका दुई र एक स्वतन्त्र सदस्य छन् ।

मुख्यमन्त्री अधिकारी विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वतः पदमुक्त भएका छन् । अब संवैधानिक व्यवस्था अनुसार नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै