माथि
आकाशमा
बादलहरु उड्दथे
जूनको उज्यालो फैलिन्थ्यो
धर्तीमा
एउटा नयाँ बिहानी छाउन्थ्यो
मेरो स्वर्गमा
म कति नाचीदिन्थे
त्यो माधुर्यतामा
माथी माथी
आकाशमा
म आफ्नो संसार बनाउथे
त्यो घर को बगैंचामा
म लुकामारी खेल्थे र
झ्याउँकिरी ले मलाई गिजाउथे
हो, मलाई कस्तो कस्तो लाग्थ्यो
माथी माथी आकाशमा
पुग्थे र जून लाई छुन्थे र
बादलुमा चढेर
म माथी माथी जान्थे
अनि मलाई अर्कै अर्कै लाग्थ्यो
म आकाशमा सफर गर्थे र
म चन्द्रमा को शितलता अनुभुती गर्दथे
आकाशमा स्वतन्त्र भएर
कुनै बन्धनमा न परेर
मेरो मनको स्वर्ग हेर्थे र
म बिस्तारै बिस्तारै
फर्किएर आइपुग्थे स्वर्ग जस्तै
मेरो धर्तीमा....।
अमित संग्रौला बिर्तामोड , झापा