• २०८१ बैशाख १४ शुक्रबार

लस भेगासमा अन्धाधुन्ध गोली प्रहारबाट ५० को मृत्यु, २ सय भन्दा बढी घाइते 

kharibot

वाशिंगटन । अमेरिकाको लस भेगासमा अन्धाधुन्ध प्रहार हुँदा ज्यान गुमाउनेको संख्या ५० पुगेको छ । 

घटनामा घाइते हुनेको संख्या पनि दुई सय जनाभन्दा धेरै घाइते भएको प्रहरीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । लस भेगासमा रहेको मान्डेले बे रिजोर्ट एण्ड क्यासिनोको बाहिरी क्षेत्रमा सांगीतिक कार्यक्रम भइरहेको ठाउँमा अन्धाधुन्ध गोली प्रहार भएको हो ।

सिएनएनका अनुसार होटल ३२औँ तलबाट आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएको प्रत्यदर्शीले बताएका छन् । लस भेगास प्रहरीले घटनामा संलग्न एकजना जवाफी कारवाहीमा मारिएको बताएको छ । 

आक्रमणकारीको नाम स्टीफन म्याडोक रहेको प्रहरीले जनाएको छ । उनी ६४ वर्षका स्थानीय बासिन्दा हुन् । घटनामा ज्यान गुमाउनेमा सांगीतिक कार्यक्रमका सहभागी तथा ड्युटी सकायका प्रहरी अधिकारी बढी छन् । ज्यान गुमाउनेको परिचय अहिलेसम्म खुलाइएको छैन । 

घटनामा घाइते भएकाको स्थानीय अस्पतालमा उपचार भइहेको छ । गोली प्रहर गर्ने ६४ वर्षका स्थानीय बासिन्दाम्याडोकलाई प्रहरीले गोली हानि मारेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै