• २०८१ बैशाख २४ सोमबार

अस्वस्थ भएपछि पुर्व मुमा बडामहारानी रत्न अस्पताल भर्ना

kharibot

काठमाडौँ । पूर्व मुमा वडामहारानी रत्नराज्य लक्ष्मी देवि शाह अस्वस्थ भएपछि काठमाडौँस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

गत एक सातादेखि रुघा,  खोकीलगायतका कारण अस्वस्थ भएकी रत्नलाई मंगलबार साँझ अस्पताल भर्ना गरिएको हो ।

९१ बर्षीय रत्नलाई खोकी लाग्ने,  कफ आउन गाह्रो हुने समस्या देखिएको अस्पतालले जानकारी दिएको छ । साथै उनलाई हाल पातलो दिशा हुने र पिसाब कम हुने समस्या पनि देखिएकोले अस्पताल भर्ना गर्नु परेको बताइएको छ । 

अहिले उनको विस्तृत स्वस्थ्य जाँच सुरु गरि सकिएको र उनलाई डा. खगेन्द्रबहादुर श्रेष्ठ, डा. मृगेन्द्रराज पाण्डे, डा. मधु घिमिरे र डा. ब्रजेन्द्र श्रीबास्तवको प्रत्यक्ष रेख देखमा उपचार सुरु गरिएको नर्भिक अस्पतालले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै