• २०८१ बैशाख १७ सोमबार

कलाकार निशा घिमिरेको मृत्यु

kharibot

काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । नर्भिक अस्पतालमा उपचाररत घिमिरेको उपचारका क्रममा बुधबार साँझ ६: ५१ बजे मृत्यु भएको अस्पतालले जनकारी दिएको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भनेका छन्- अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’

दुर्घटना घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो ।

लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै