• २०८१ बैशाख १५ शनिबार

साँगामा कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन

kharibot

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–१४ साँगामा कृषि विश्वविद्यालय निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ ।

प्रदेश नं ३ स्थित कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयको चालू वर्षको योजनाअन्तर्गत साँगामा प्रदेशस्तरीय विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरिएको प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईंले बताए ।

उनले विश्वविद्यलयको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयारी गरी गुरुयोजनासमेत निर्माण गर्न कन्सल्टेन्सी छनोट गरी जिम्मा दिइसकिएको जानकारी दिए ।

मन्त्रालयले गुरुयोजनाका लागि रु ३० लाख छु्ययाएको उनले बताए । “गुरुयोजनाअनुसार विश्वविद्यालय निर्माणार्थ प्रदेश तथा केन्द्र सरकारबाट आवश्यक बजेट उपलब्ध हुनेछ”, उनले भने ।

विश्वविद्यालयका लागि प्रदेशसभा सदस्य हुमागाईं, जिल्ला समन्वय समितिका संयोजक उद्धव केसी, मन्त्रालयका उपसचिव रमा मानन्धर, बनेपा नपाप्रमुख लक्ष्मीनरसिंह वादे र उपप्रमुख रेखा दाहाल, बनेपा नपा १४ नं वडाध्यक्ष गौरी राउतको टोलीले जमीनको निरीक्षण गरेको हो । विश्वविद्यलायका लागि बनेपा नपाले १४ नं वडाको १४९ रोपनी जमीन दिइने नगरप्रमुख वादेले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै