• २०८१ बैशाख १४ शुक्रबार

ह्याकरको निशानामा क्रोम ब्राउजर, अपडेट गर्न गूगलको आग्रह  

kharibot

काठमाडौं । यदि तपाईंले गूगल क्रोम ब्राउजर चलाउने गर्नुभएको छ भने सावधान हुनु जरुरी छ । गूगलले क्रोमका प्रयोगकर्तालाई क्रोमको लेटेस्ट भर्जन अपडेट गर्न आग्रह गरेको छ । गूगलका अनुसार क्रोमको पुरानो भर्जन ह्याकरहरुको निशानामा छ ।

ह्याकरहरुले यसलाई कुनै पनि बेला ह्याक गर्न सक्ने गूगलको भनाइ छ । क्रोमको नयाँ अपडेटमा लेटेस्ट सेक्योरिटी प्याच राखिएको छ जसले साइबर हमलाबाट बचाउने गूगलको दाबी छ । 

ह्याकरहरुद्वारा गूगल क्रोमलाई सीभीई–२०१९–५७८६ नामक बगबाट निशाना बनाइरहेको बताइएको सीभीई–२०१९–५७८६ बाट हुन सक्ने समस्यालाई हटाउन गूगलले मार्च १ मा एक अपडेट जारी गरेको गूगलले आफ्नो ब्लग पोस्टमा उल्लेख गरेको छ । क्रोम प्रयोगकर्ताले ७२.०.३६२६.१२१ अथवा योभन्दा पछिको भर्जन अपडेट गर्नु आवश्यक रहेको गूगलले बताएको छ । 

गूगलको थ्रेट एनालाइसिस ग्रूपका सदस्यले यो बग फेब्रुअरी २७ मा पत्ता लगाएका थिए । यो बगले सीभीई–२०१९–५७८६ ले सीधै गूगल क्रोममा रहेको कोडमा हमला गर्न सक्ने बताइएको छ । बग डाउनलोड अथवा इन्स्टल भएपछि युजरको सिस्टम अटोअपडेट हुन्छ । यो बगले मुख्य गरी ब्राउजरको फाइल रिडरमाथि हमला गर्न सक्ने एनालाइसिस ग्रूपका सदस्यहरुको भनाइ छ । 

यसरी गरौं लेटेस्ट भर्जन चेक र अपडेट 

गूगल क्रोमद्वारा जारी गरिएको भर्जन धेरैजसो अटोमेटिक अपडेट हुन्छ । यद्यपि, आफ्नो क्रोम ब्राउजरमा माथिपट्टि दिइएको तीन डटलाई क्लिक गरी सेटिङमा गएर अबाउट क्रोममा अपडेटको बारेमा जानकारी लिन सकिन्छ । यदि क्रोम अपडेट भएको रहेनछ भने डिभाइसलाई रिस्टार्ट गरी यसलाई अपडेट गर्न सकिन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै