• २०८१ बैशाख १५ शनिबार

नियम उल्लङ्घन गर्ने ब्राउजर एक्सटेन्सनलाई गूगलको कारवाही

kharibot

काठमाडौँ । अल्फाबेट कम्पनीको गुगलले आइतवार अनलाइन समूह आईएसी/इन्टर एक्टिव कोर्पको थुप्रै ब्राउजर एक्सटेन्सन हटाइदिएको छ । गुगलले नियम उल्लङ्घन र प्रवर्तन विकल्पलाई समीक्षा गरेपछि यस्तो निर्णय गरेको हो । 

गुगलका प्रवक्ताको अनुसार, 'क्रोम वेब स्टोरको बारेमा हामीले बारम्बार आईएसी संग कुराकानी गरेका छौं र हामीले नियम उल्लङ्घन गरेको कारण आईएसीको थुप्रै ब्राउजर एक्सटेन्सन हटाएको हौं । हामी बाँकी  एक्सटेन्सन आफ्नो प्रवर्तन विकल्पको बारेमा छलफल गर्दैछौं र अहिले सम्म हामीले स्टोरमा आईएसीको स्थितिको बारेमा निर्णय लिएको छैन ।'

वाल स्ट्रीट जर्नलको अनुसार, गुगललाई यस निर्णय लिनुपर्ने थियो, किनभने यो कम्पनीको नियम कडा बनाउन महत्वपूर्ण थियो । तर आईएसीमाथि कडा सजाय लगाउने विषयमा भने गुगलले केहि बताएको छैन ।

गुगलको अनुसार, आईएसी द्वारा जुन नियम उल्लङ्घन गरिएको छ ती सबै 'भ्रामक' थिए । 

प्रतिवेदनको अनुसार, गुगलले निर्धारित गरेको मापदण्ड भन्दा आईएसीले आफ्नो ब्राउजर एक्सटेन्सनको बारेमा आफ्नो प्रयोगकर्तालाई झुक्याएको छ र अल्फाबेटले आफ्नो क्रोम ब्राउजरमा यस्तो उत्पादनलाई प्रतिबन्ध गर्न सक्ने व्यवस्था रहेको छ ।  

त्यस्तै गुगलका प्रवक्ताले आईएसीले कतिवटा नियम उल्लङ्घन गरेको भन्ने विषयमा केहि जानकारी दिएका छैनन् र कम्पनीले प्रतिबन्ध बाहेक अरु कुन विकल्पको बारेमा निर्णय गरेको बताएका छैनन् । अर्को तर्फ भने आईएसीकी प्रवक्ताको अनुसार, एक्सटेन्सनले गुगलको नियम उल्लङ्घन गरेको छैन ।

उनले भनिन्, 'गुगलले क्रोम स्टोरमा यस उत्पादनको विज्ञापन र वितरण गर्नको लागि हामीसंग सधैं लाखौँ डलर लिएको छ । यहाँ केहि पनि नयाँ छैन किनभने गुगलले हाम्रो ब्राउजर व्यवसायलाई इन्टरनेटमा सिमित गर्नको लागि आफ्नो स्थितिको प्रयोग गरेको छ, जसलाई कम्पनीले अन्त्य गर्ने प्रयास गर्दै छ ।'  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै