• २०८१ बैशाख १५ शनिबार

कर्णाली प्रदेश मन्त्रिपरिषद् निर्णय

kharibot

सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले विभिन्न ११ वटा निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दुईवटा विधेयकलाई कर्णाली प्रदेशसभामा पेश गर्न स्वीकृत गरेको छ । 

बैठकले खाद्य उत्पादन, अधिकार तथा सम्प्रभूता सुनिश्चित गर्न बनेको विधेयक २०७५ र सार्वजनिक–निजी साझेदारीसम्बन्धी विधेयक २०७५ प्रदेशसभामा पेश गर्न स्वीकृत गरिएको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिए । 

त्यस्तै बैठकले प्रदेश सेवामा खटिएका कर्मचारीलाई पदस्थापना गर्नलाई बनेको कार्यविधि २०७५ स्वीकृत गरिएको मन्त्री केसीले जानकारी दिए । मन्त्री केसीका अनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा प्रदेशस्तरीय गोदाम घर निर्माणका लागि स्वीकृति प्रदान, कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ पहिलो संशोधन र कर्णाली प्रदेश योजना तर्जुमा मार्गदर्शन २०७५ लाई स्वीकृत गरिएको छ । 

त्यस्तै बैठकले बहुवर्षीय ठेक्का बन्दोबस्तीसम्बन्धी निर्देशिका २०७५, बजेट तर्जुमा तथा कार्यान्वयनसम्बन्धी निर्देशिका २०७५ तथा उपभोक्ता संरक्षण गर्नेसम्बन्धी बनेको विधेयक मस्यौदालाई पनि स्वीकृति प्रदान गरिएको प्रवक्ता केसीले जानकारी दिए । बैठकले समपूरक अनुदानसम्बन्धी योजनाहरु स्वीकृत गर्नुका साथै र प्रादेशिकस्तरीय टेलिभिजन र रेडियो स्थापना गर्न सङ्घीय सरकारसँग सहमति माग्ने निर्णय गरिएको मन्त्री केसीले बताए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै