• २०८१ बैशाख १८ मंगलबार

कर्णाली प्रदेशमा नयाँ सरकार गठन गर्न आव्हान

kharibot

सुर्खेत । कर्णाली प्रदेशमा नयाँ सरकार गठन गर्न आव्हान गरिएको छ  ।

प्रदेश प्रमुख तिलक परियारले सात दिनको समय दिएर संविधानको धारा १६९ को उपधारा (१) को उपधारा (क) अनुसार चैत २७ गते बेलुका ५: ५० भित्र नयाँ सरकार गठन गर्न आह्वान गरेका हुन् ।

मुख्यमन्त्री राजकुमार शर्माले बुधबार प्रदेशसभा बैठकमा विश्वासको मत लिने वातावरण नभएको भन्दै राजीनामा दिएको घोषणा गरेका थिए ।

प्रदेश प्रमुखले दिएको समयसीमाभित्र संविधानको धारा १६९ को उपधारा (३) अनुसार प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी प्रदेश प्रमुखे जिम्मेवारी तोकेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै