लन्डन । इथोपियामा बोइंग विमान दुर्घटनापछि अहिले विभिन्न देशले बोइंग विमानलाई प्रतिबन्ध लगाइरहेका छन् ।
यसैक्रममा पछिल्लो देश बेलायतको नागरिक उड्डयन प्राधिकरणले "सावधानी स्वरूप चालिएको कदम" भन्दै युकेको आकाशमाथिको हवाई क्षेत्रबाट बोइङ ७३७ म्याक्स मोडलका विमानको उडानमा प्रतिबन्ध लगाएको छ ।
बोइंग कम्पनीले निर्माण गरेको ७३७ म्याक्स मोडलको विमानको उडानमा यसअघि सिंगापुर, चीन, मलेशिया र अष्ट्रेलियाले अस्थायी प्रतिबन्ध लगाएका थिए।
आइतबार १५७ जनाको ज्यान जाने गरी इथियोपीयन एअरलाइन्सको बोइंग म्याक्स एट विमान दुर्घटना भएपछि ति देशहरूको पछिल्लो निर्णय आएको हो ।
गत पाँच महिनाभन्दा कम समयमा उक्त मोडलको विमान दुर्घटनाग्रस्त भएको त्यो दोस्रो घटना भएकाले विमानलाई अस्थायीरुपमा प्रतिबन्ध लागाईएको बताइएको छ ।
अहिले दक्षिण कोरिया, मलेसिया, अमेरिकालगायतका देशमा बोइंग ७३७ म्याक्स एट मोडलका विमानहरू उडानका लागि अस्थाई प्रतिबन्ध लागेको छ ।