• २०८१ बैशाख १५ शनिबार

जनवादी गीत गाउदै राजनीतिमा आएकी सानु सिवा 

kharibot

काठमाडौँ । सानु सिवा इलामबाट नेकपाबाट प्रतिनिधिसभा सदस्य हुन् । दलित साहित्य साँस्कृतिक प्रतिष्ठानकी सदस्य समेत रहेकी सिवाले थुप्रै जनवादी गीतहरु गाएकी छन् । 

शारीरिक रुपमा रोगले ग्रस्त उनको जीवनी बलियो आत्मबलको कारण प्रखर देखिन्छ । स्व. बुबा पूर्णबहादुर सिवा र आमा डिग्मा सिवाकी दोस्रो सन्तानको रूपमा ताप्लेजुङको साविकको फुङलिङ गाविसमा वि.सं. २०१९ मा सानु सिवाको जन्म भएको थियो । उनको ११ जनाको ठूलो परिवार थियो । 

नेपालमा पहिलोपटक ‘स्टेज म्यारिज’ भएको जोडीको रूपमा पनि डम्बर पहाडी र सानु सिवा परिचित छन् । सिवा र पहाडीको विवाह मात्र रू. १७ सयमा सम्पन्न भएको थियो ।

राजनीतिमा प्रवेश

२०२८ सालतिर जनवादी गीतहरूबाट प्रभावित भएर जनताको गीत गाउन थाले । यसै क्रममा जनता मावि खोक्लिङको एउटा कार्यक्रममा ‘क्रान्तिकारी एकजुट हौं नेपाली अघि बढौं लाल झण्डा उचाली” भन्ने गीतबाट पहिलो पटक प्रभावित भएको थिएँ ।  

समाजमा घटेका घटनाहरु, अन्याय, अत्याचार विरुद्धका गीतहरु चाहिँ हामीले गाउनुपर्ने रहेछ भन्ने कुरा बुझ्दै जान थालेसँगै राजनीतिक यात्रा शुरु भयो । राजनीतिक जीवनमा आउँदा जनवादी गीतहरु गाएर नै आएकी हुँ ।’  महिलामाथि हुने अन्याय अत्याचारदेखि हरेक कुरालाई लिएर यस्तै गीतहरु गाउँदा गाउँदै मेरो राजनीतिक यात्रा शुरु भएको हो ।  

इलाममा महिलाको अवस्था 

महिला विकास शाखामा काम गर्थें । महिला शाखाले ग्रामीण महिलाहरुको लागि उत्पादन ऋण व्यवस्था कार्यक्रम सञ्चालन गथ्र्याे । र महिलाहरुलाई ४ जनादेखि ७ जनासम्मको समूह गठन गरेर उनीहरुलाई उत्पादनमूलक कार्यका लागि प्रोत्साहित गर्दथ्यो । जस्तो पशुपालन, तरकारी खेती गर्न प्रोत्साहित गर्ने जस्ता कार्यक्रमहरू हुन्थे । 

इलाममा ४० देखि ५२ सालसम्म रहेर काम गरेँ । यसरी काम गर्दा करीब ४ हजारभन्दा बढी महिलासँग रहेर काम गरेकी थिए । त्यतिबेला नै सरकारी कार्यालयमा काम गर्दागर्दै पनि आफू एउटा प्रगतिशील विचारधाराको भएको हुनाले ग्रामीण महिलाहरूलाई हरेक कुरामा प्रशिक्षण दिने काम गर्थें ।

महिलाको अवस्था 

पहिलाको हेरेर अहिले त धेरै राम्रो भएको छ । त्यतिबेला काम गर्दाको स्थिति शहर-बजारमा बस्ने महिलाहरुले सम्पतिको हक अधिकारको कुरा गर्थे । अहिले अधिकारको कुरा गाँउमा पनि सरेको छ । एउटा महिलाले एउटा कुखुराको चल्ला पाल्छिन् । बारीमा साग रोपेर गोडमेलको सबै काम महिलाले गर्छिन् । जब गुन्द्रुक बनाएर अथवा सागै बेच्नुपर्यो भने त्यो बेच्ने अधिकार महिलालाई हुँदैन । उसले श्रीमानलाई नै गुहार्नुपर्छ । त्यहाँबाट आएको आयआर्जन उसले राख्न पनि पाउँदिनन् । २÷१ रुपयाँ चाहिँदा समेत श्रीमानसँग माग्नुपर्ने अवस्था हुन्छ ।  

यस्तो स्थिति देखिसकेपछि उनीहरुलाई संगठित गरेर सानो भए पनि करेसाबारी बनाउने, थोरै भए पनि बाख्रा पालन गर्ने, अलिकति बंगुर पालन गर्ने यस्तै आय आर्जनका केही काम गर्न सिकाएँ । त्यहाँबाट आएको पैसाले महिलाहरुले आफूखुसी घर खर्च गर्न पाउने भए । अहिले त धेरै ठाउँमा बाटो पनि पुगेको छ । कतिपय कुरा अहिले धेरै सहज भएको छ । यो अवस्था त्यतिकै भने आएको होइन । महिलाहरुले धेरै त्याग र बलिदान गर्नु परेको छ यो अवस्थासम्म आइपुग्न । सन्तोषजनक अवस्था त अहिलेसम्म पनि आइसकेको छैन । 

महिला उत्थानका प्रयास 

प्रतिनिधिसभामा आएको यो वर्ष पहिलोपटक भएकोले बुझ्न पनि समय लाग्यो । समानुपातिक परिपाटीमा आएकाले बजेटको व्यवस्था पनि नहुदा कतिपय काम गर्न वातावरण सहज बन्न सकेन । 

महिलाका लागि धेरै कार्य गर्ने सोच छ, तथापि यो वर्ष हुन सकिरहेको छैन । आउने सालमा समानुपातिक महिलाहरु संगठित भएर महिलाहरुको उत्थानका लागि के गर्न सकिन्छ ? कसरी कार्यक्रम बनाउने भनेर सल्लाह गरेर काम गर्ने कुरा भइरहेको छ । 

अबको बजेटमा समानुपातिकका लागि पनि केही बजेट छुट्याउनुपर्छ भन्ने कुरा उठाइरहेका छौं ।  पहुँचमा छौं । मनमा लागेका कुरा राखेका छौं । सबैको सल्लाहमा एकजुट भएर के कुरामा संशोधन हाल्ने के गर्ने कसरी ल्याउँदा राम्रो हुन्छ भनेर हामी लागिरहेका छौं । 

लैंगिक विभेदविरुद्ध संघर्ष 

म जनवादी गायिका भएको नाताले यो छुटाउन नहुने कुरा हो । अहिले खुला परिवेश छ । जुन ठाउँमा जस्तो अवस्थामा जसरी गीत गाउँदै हिड्दा पनि हुन्छ । तर, जनताको गीत गाउँदै हिँड्दा गीत खुलेआम गाउन पनि डराउनुपर्ने अवस्था थियो । 

महिलाहरुलाई पनि पढाउनुपर्छ, दबाएर राख्नुहुँदैन, छोराछोरी समान हुन् भन्ने खालको चेतनाको विस्तार हुँदै थियो । महिला एउटा कोठामा मात्र रुमल्लिएर बस्न हुँदैन भनेर सचेत हुन थालेका थिए । र पनि छोरीलाई पढाउनुपर्छ भन्ने कुराहरु गर्न त्यतिबेला खुला थिएन । 

त्यतिबेला कसरी सचेत गराउँदै हिँडें भने दिदीबहिनी धान रोप्दै गरेको ठाँउमा धान रोपेर, कोदो पिनेर, जे काम गर्दै हुनुहुन्थ्यो त्यसरी नै सघाएर गीत सुनाउने गर्थें । जनवादी गीतहरु, जसले समाजमा भएका अन्याय अत्याचार शोषण दमनविरुद्धका आवज उठाउँथ्यो । जागरण गराउँदै हिड्थे । अहिले सहज भएको छ । यो खुसीको कुरा हो । हाम्रै त्याग र बलिदानले यहाँसम्म आइपुगेका छौं ।  

दलित महिला उत्थान 

सबैभन्दा पहिला त आर्थिक अवस्था सबल हुनुपर्छ । आर्थिक अवस्था कमजोर भएपछि हरेक कुरामा उनीहरु वञ्चित हुने नै भए । हरेक क्षेत्रमा उनीहरुको पहुँच पुग्दैन । त्यसैले पनि राज्यले दलितलाई निःशुल्क पढाइदिने व्यवस्था गरिदिनुपर्छ । 

सरकारको कार्यशैली 

प्रदेश सरकारको पहिलो अभ्यास पनि हो । कतिपय ठाउँमा राम्रोसँग सञ्चालन हुन पनि सकेको छैन । अहिले नै हरेक कुरा स्विच दवाउँदा फ्याट्ट हुने खालको पनि होइन । मान्छेले गरेर हुने हो । बिस्तारै राम्रो हुन्छ । प्रत्यक्षदर्शी, आफन्तको सहयोगमा जसलाई शंका गरिएको छ । उनीहरुले किटानी जाहेरी गर्नुपर्यो । अब केही हदसम्म यसको प्रमाणहरु जुटिसकेको छ । अब केही दिनमा नै सत्यतथ्य बाहिर आउँछ भन्ने कुराहरु भइरहेको छ । 

सांसदको अनुभव

सुरुमा घण्टी लागेपछि भित्र गयो । स्कुल जस्तो हुँदो रहेछ भन्ने पनि लाग्यो । अहिले सत्ता पक्ष पनि भएको हुनाले कतिपय कुराहरु आफुलाई लागेर पनि बोल्न नमिल्ने रहेछ । 
कलाकारिता र राजनीति 

राजनीतिकर्मी भन्दा पनि आफूलाई कलाकार भन्न नै बढी रुचाउँछु । म गीत गाउँदै हिँडेको मान्छे । राजनीति र गीतमा यति मात्र फरक छ । भाषणको माध्यमबाट जनतालाई सचेत गराउने काम राजनीतिमा हुन्छ भने गायिकाको नाताले गीतको माध्यमबाट मैले जनतालाई सचेत गराएँ । 

कमजोर स्वास्थ्य अवस्था 

०६२-६३ सालको आन्दोलन चलिरहेको बेला मेरो दुवै मृगौला फेल भएको थियो । अनुहार हातखुट्टा स्वइलिङ हुने भइरहेको थियो ।  त्यतिबेला पनि हरेक ठाँउमा आन्दोलनमा सहभागी भइरहेकी हुन्थें । ०६३ सालमा दुवै मृगौला फेर्नुपर्यो । त्यतिबेला नेपालमा मृगौला प्रत्यारोपण हुँदैनथ्यो । तमिलनाडुमा गएर एपोलो हस्पिटलमा प्रत्यारोपण गरेर आएको १ वर्षपछि पाठेघरमा ट्युमर भइदियो । सिस्टहरु देखा पर्यो । धेरै पीडा सहनुपर्यो ।  

ट्युमर भएको जानकारी भएपछि शल्यक्रिया गर्न पनि मिल्दैन । यसरी नै राख्न पनि मिल्दैन राखिरह्यो भने क्यान्सर हुन्छ । राखेको मृगौला पनि खत्तम हुन्छ । भन्ने कुरा डाक्टरबाट आइसकेपछि डा. भोला रिजालकोमा गएर चेक गराएँ । उहाँले शल्यक्रिया गरेर पाठेघर फालिदिएपछि राम्रो भयो । त्यसको दुई वर्षपछि फेरि हृदयघात भएर मुटुको दुईओटा भल्भ हाल्नुपर्ने भयो । एउटा आँखामा मोतिविन्दु भयो । ०७२ सालमा एउटा आँखाको शल्यक्रिया गरें । अर्को आखाँको ४÷५ महिनापछि शल्यक्रिया गरेको हो । 

तर, म यति रोगी हुदाँहुदै पनि आफुलाई रोगी ठान्दिनँ र कहिल्यै बिरामी जस्तो भएर ओछ्यानमा बसेको पनि छैन । म पहिलेदेखि गीत गाउनुभन्दा पनि अगाडिदेखि नै के भन्थें भने हामी क्रान्तिकारीहरू रोग लागेर ओछ्यानमा मर्नु नपरोस् । बरु संघर्षको मैदानमा गोली खाएर मर्नुपरोस् । भन्दै हिडेको मान्छे त्यही भएर रोग लागेर ओछ्यानमा मर्न चाहन्नँ, संघर्षको मैदानमा जनताको लागि लड्दालड्दै मर्न चाहन्छु ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय