• २०८१ बैशाख १४ शुक्रबार

सुख्खायाम सुरु भएसँगै बारामा आगलागीको त्रास, के छ पूर्व तैयारी ?

kharibot

प्रतिनिधि तस्बीर ।

बारा । चैत महिनासँगै सुख्खायाम सुरु भएको छ र आगलागीको त्रास् पनि बढेको छ । यो समयमा आगलागीको खतरा बढी हुँने गर्दछ । आगो जन्य बस्तुहरु प्रति असावधानीले अचानक तपाईँको घर अथवा अन्यत्र स्थानमा पनी आगो लाग्न सक्छ । 

आगलागीको सम्भावित खतरालाई मध्य नजर गर्दै बाराको जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयले वारुणयन्त्र ‘दमकल’ को सहज पहुँचका लागि टोल–फ्रि नम्बर सञ्चालनमा ल्याएको छ ।

अब तपाईको घरछिमेकमा आगलागीका घटना भएमा जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयको टोल फ्री नम्बर १६६०५३१११९५ मा सम्पर्क गर्न सक्नु हुँने छ । यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन ।

पैसा नलाग्ने उक्त नम्बर यस क्षेत्रका नागरिकका लागि चौबिसै घण्टा खुला रहँने जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख कृष्ण पौडेलले बताए ।

हाल उक्त नम्बर वारुणयन्त्रको सहज पहुँचका लागि मात्रै राखिएको र निकट भबिष्य मैं नागरिकका सम्पूर्ण कार्यालय सम्बन्धी गुनाँसा र सेवा सुबिधाका लागि पनि नि ः शुल्क नम्बर स्थापना गरिने पौडेलले बताए । 

‘तत्कालका लागि वारुण यन्त्रको पहुँच बढाउँन यो नम्बर लागु गरेका हौं ।’ उनले भने, ‘कार्यालयमा केहि भौत्तिक र प्रशासनिक सुधारका विषयहरु प्रक्रियामा छन् । त्यस पछि हरेक विषयको गुनाँसोका लागी सम्पर्क गर्न मिल्ने गरी व्यवस्थ गर्ने छौं ।’ नगर प्रमुख पौडेलले भने ।

वन डढेलोको खतरा , के छ पूर्व तैयारी ?

चैत महिना लागेसँगै सुख्खा याममा बिगतका वर्षमा जस्तै वनडढेलोले बाराको राष्ट्रिय वन नष्ट हुँन सक्ने सम्भावना पनि उत्तिकै छ ।      

जिल्लाको राष्ट्रिय वन , पर्सा राष्ट्रिय निकुञ्ज , साझेदारी र सामुदायिक वन क्षेत्रमा हुँने गरेका डढेलोको प्रकोपलाई मध्य नजर गर्दै डिभिजन वन कार्यालय सिमरा बाराले डढेलो नियन्त्रणका लागि पूर्व तैयारी गरेको छ । 

प्रत्येक वर्ष डढलोका कारण वन क्षेत्र नष्ट हुँने क्रम बढ्दै गए पछि डिभिजन वन कार्यालय सिमरा बाराले पाँच हजार लिटर क्षमता भएको तीन वटा पानी ट्यांकी तैयार गरी वन क्षेत्रको छुट्टा–छुट्टै स्थानमा व्यास्थापन गरेको छ ।

पाँच हजार लिटर क्षमता भएका पानी ट्ंयाकीहरुलाई ट्रयाक्टरमा जडान गरिएको र त्यसलाई राष्ट्रिय वन क्षेत्रको बिभिन्न स्थानहरुमा राखिएको डिभिजन वन कार्यालय सिमरा बाराका डिभिजन वन अधिकृत शिवशंकर ठाकुरले बताए ।

सुख्खायाममा राजमार्गसँगै जोडिएका राष्ट्रिय वन क्षेत्र , हलखोरिया साझेदारी , सहजनाथ साझेदारी वन , पथलैया सामुदायिक वन क्षेत्र लगायत विभिन्न सामुदायिक वनमा यति बेला वन डढेलोको सम्भावना बढे पछि हरेक क्षेत्रमा फायर वाचर अर्थात् डढेलो हेरालुको रुपमा दश जनालाई नियक्त गरिएको डिभिजन वन अधिकृत ठाकुरले बताए ।

डढेलोका कारण वन क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा नष्ट हुँनुका साथै बन्यजन्तु समेत प्रभावित हुँने गरेका छन् । डढेलोले जंगलमा घाटगद्यी गरेर राखिएका काठ जलेर नष्ट हुँदा करौडोको नोक्सानी हुने गरेको छ । डढेलोका कारण वन क्षेत्र नजिकका बस्ती समेत जोखिममा पर्ने गरेका छन् । 

सम्भावित डढेले नियन्त्रणका लागि डिभिजन वन कार्यालयले जिल्ला भरीका वन क्षेत्रमा झण्डै एक सय ५० किलोमिटर अग्नी रेखा बनाएको छ । तीन देखी पाँच मिटर चौडाइँको अग्नी रेखा यस क्षेत्रको वनहरुमा बनाईएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै