• २०८१ बैशाख २० बिहीबार

बेलायतमा मर्यादित महिनावारी बारे अन्तरकृया 

kharibot

बेजिङ्गस्टोक, बेलायत । १०९औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा बेलायत आएकी मदन पुरस्कार विजेता तथा सामाजिक अभियन्ता राधा पौडेल बेलायतमा निकै ब्यस्त रहेकी छन् । 

उनी व्रिटिस एकेडेमी र लिभरपुल जोनमुर यूनिभर्सिटीको संयूक्त निमन्त्रणामा बेलायत आएकी हुन् । बेलायत बसाईका क्रममा उनले विभिन्न नेपाली समुदाय र स्थानीय कलेजहरुमा पनि अन्तरक्रियामा भाग लिइन । 

बेजिङ्गस्टोक नेप्लीज कम्यूनिटी, ग्रेटर रेडिङ्ग नेप्लिज कम्यूनिटी, बेजिङ्गस्टोक टेक्नोलोजी कलेज, क्रेनबोर्न कलेज बेजिङ्गस्टोक, मगर समाज फार्नबोरो, तमु धी यू के, सोआस यूनिभर्सिटी अफ लन्डनका प्राध्यापक र विद्यार्थीसँग अन्तरक्रिया, छलफल र एनआरएनएको आयोजनामा भएको नारी दिवसका कार्यक्रममा सहभागी भइन् । 

यो उनको दोश्रो बेलायत भ्रमण हो। यसअघि २०१५ मा बेलायत आउदा उनले विश्व प्रसिद्ध अक्सफोर्ड यूनिभर्सिटी , क्याम्ब्रीज यूनिभर्सिटी, यूनिभर्सिटी अफ एसेक्स आदीमा समेत मर्यादित महिनावारी सम्बन्धी कार्यक्रम प्रस्तुत गरिसकेकी छन् ।

मर्यादित महिनावारी सबैको जिम्मेवारीबारे गत आइतबार तमु धिमा सम्पन्न अन्तरक्रियामा विभिन्न उमेर समूहका करिब एक सयभन्दा बढी सहभागीहरुकाबीच आफ्नो कुरा राखेकी थिइन् ।

उनले भर्खरै सार्वजनिक भएको आफ्नो पुस्तक अपवित्र रगतबारे पनि चर्चा गरिन् । अपवित्र रगतमा उनले आफुले भोगेका र गांउ ठाउँ डुल्दा देखेका महिनावारीका कुराहरु समेटेकी छन् । 

महिनावारीबारे प्रचलित रुढीवादी परम्परा र संस्कारलाई समयसापेक्ष परिवर्तन गर्दै लैजानुपर्ने समयको माग र आवश्यकता भएको उनले बताउने गरेकी छन् । उनले त्रिभुवन विश्व विद्यायल र फिलिपिन्सको मनिलाबाट ट्रीपल मास्टर्स गर्नुका साथै मर्यादित महिनावारीमा पिएचडी गर्ने अन्तिम चरण रहेकी छन् ।

उनी एक्सन वर्क्स नेपाल र राधा फाउन्डेशनको संस्थापक हुन। राधा फाउन्डेशनले हालै चितवनमा मितेरी जैविक सेनिटरी प्याड फ्याक्ट्री पनि संचालनमा ल्याएको छ। उनी नेपालको पहिलो प्याड वुमन पनि हुन् ।

मदन पुरस्कार विजेता तथा अभियन्ता राधाको प्रकाशित अन्य कृतिहरुमा शान्तिका पाईलाहरु (कविता संग्रह), मर्यादित महिनावारी सबैको जिम्मेवारी (ह्यान्ड बुकं)लगायत रहेका छन् । उनले नेपालको ६२ वटा जिल्लामा पुगेर सेवा पुराइसकेकी छन् भने करिब डेढ दर्जन मुलुकका यूनिभर्सिटीहरुमा प्राध्यापन र कन्फरेन्सहरुमा सहभागी भैसकेकी छन् ।

उनले सामाजिक अभियानमा एनपिस एवार्ड, वुमन पिस मेकर अवार्ड, प्रतिभाशाली सामाजिक पुरस्कार, खलंगामा हमलाका लागि मदन पुरस्कार पाएकी छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै