• २०८१ बैशाख १४ शुक्रबार

पाकिस्तानको राष्ट्रिय दिवसमा भारत उपस्थित नहुने

kharibot

भारत । पाकिस्तानको राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा भारत अनुपस्थित हुने जनाएको छ ।

शनिबार मनाइएको पाकिस्तानको राष्ट्रिय दिवस मुल समारोहमा अनुपस्थित हुने निर्णय भारतले शुक्रबार गरेको थियो ।

जम्मु कश्मिरमा उत्पन्न पछिल्लो तनावपछि विग्रिएको सम्वन्धका कारण पाकिस्तानी कार्यक्रममा सहभागी नहुने निर्णय भएको भारतीय अधिकारीहरुले बताएका छन् ।

कार्यक्रममा कोही सहभागी नभएपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई औपचारिकतामा सिमित शुभकामना सन्देश भने पठाएका छन् ।

सन्देशमा उनले राष्ट्रिय दिवसका अवसरमा पाकिस्तानी जनता र सरकारप्रति सुवेच्छा व्यक्त गरेका छन् । उनले अहिलेको समय वार्ता र सहकार्यमार्फत् यस क्षेत्रको लोकतन्त्र, शान्ति, प्रगति र सम्बृद्धिका लागि काम गर्नुपर्ने बेला भएको उल्लेख गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै