• २०८१ बैशाख १५ शनिबार

असफलता ढाकछोप गर्न विप्लवलाई प्रतिबन्ध - सहायक महामन्त्री बर्तौला

kharibot

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले सरकारले आफ्नो असफलता ढाकछोप गर्न बिखण्डनकारी तत्वलाई अङ्गलो हाल्ने र बिप्लबलाई प्रतिबन्ध लगाउने काम गरेको बताएका छन् । 

आज मकवानपुरको फापरबारीमा आयोजित कार्यक्रममा बोल्दै वर्तौलाले सरकार सर्बसत्ताबादको बाटो तर्फ अग्रसर भएको भन्दै आक्रोश पोखे । निषेधको राजनितीले निकास नदिने भन्दै सरकारलाई सहिष्णु बन्न उनको सुझाव थियो ।

कमजोर जगमा उभिएको गणतन्त्र ,धर्म निरपेक्षता र संघीयता हल्लिन थालेको चर्चा गर्दै बर्तौलाले बैकल्पिक शक्तिको रुपमा राप्रपालाई बलियो बनाउन आबश्यक भएको बिचार ब्यक्त गरे । निराशा र निस्कृयता त्यागेर अब उत्साहा र उर्जाका साथ संगठन निर्माणमा केन्द्रित हुन सहायक महामन्त्री बर्तौलाले कार्यकर्ताहरुलाई आग्रह गरे ।

कार्यक्रममा मकवानपुर १ क्षेत्रीय अध्यक्ष राजाराम अर्याल, हेटौंडा नगर अध्यक्ष गुरु प्रसाद सापकोटा , बाग्मती गाउँ कमिटी अध्यक्ष दिल बहादुर बल, शेर बहादुर लामा लगायतले बोलेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै