• २०८१ बैशाख १५ शनिबार

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्दै 

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधिनिधिसभामा अपराह्न ३ बजे सम्बोधन गर्दै छन् ।

बैठकलाई प्रधानमन्त्रीले समसामयिक विषयमा सम्बोधन गने सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको हिउँदे अधिवेशन पनि आजै अन्त्य हुँदै छ ।  यसअघि बैठकमा राष्ट्रिय जनता पार्टी नेपालका सांसदले तराई मधेशमा भएको आन्दोलनको छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै अवरुद्ध गरेका थिए । 

सभामुख कृष्णबहादुर महराले आजै बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको अवगत गराएपछि राजपका सांसदले अवरोध फिर्ता लिई बैठक सञ्चालन गर्न सहयोग गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै