खाद्यपदार्थ प्रशस्त हुँदा पनि पाकिस्तानमा लाखौँलाई कुपोषण

खरीबोट

कराँची । पाकिस्तानका लाखौँ नागरिकलाई कुपोषणको समस्या रहेको पाइएको छ ।

गरिवी र भोकका बारेमा अध्ययन अनुसन्धान गर्दै आएको इन्टरनेशनल फुड पोलिसी रिसर्च इन्स्टिच्युटले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ ।

प्रतिवेदनका अनुसार औसतमा पाँच जना मध्ये एक जनामा अर्थात् पाकिस्तानका करिव दुई करोड जनामा कुपोषणको समस्या रहेको छ ।

“देशमा खाद्यपदार्थको अभाव त छैन, तर पनि यति धेरै मानिसमा कुपोषण देखिएको छ,” प्रतिवेदनमा उल्लेख गरिएको छ ।

देशका खाद्यपदार्थ पर्याप्त भएपनि आर्थिक सामाजिक कारणले कतिपयको पहुँचमा नभएको विज्ञहरुले बताएका छन् ।

“पाकिस्तानमा खाद्य सुरक्षाका लागि चार पक्ष छन्, एउटा पक्ष उपलब्धता हो भने दोस्रो पक्ष पहुँच, तेस्रो पक्ष उपयोगीता र चौथो पक्ष स्थीरता हो,” एक जना बरिष्ठ अर्थविद् तथा अनुसन्धानकर्ता डा अम्ब्रीन फतिमाले भने ।

यसको अर्थ पाकिस्तानका धेरै जनालाई पर्याप्त खाद्य पदार्थको उपलब्धता अभाव रहेको छ ।

सम्बन्धित समाचार

पाकिस्तानी प्रधानमन्त्री इमरान खान इरान भ्रमणमा

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खान आइतबार इरानतर्फ प्रस्थान गरेका छन् । अरब खाडी क्षेत्रमा तनाव बढीरहेको बेला उनी त्यसतर्फ प्रस्थान गरेको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिका र साउदी अरबको

पाकिस्तानविरुद्धको टी-२० सिरिज श्रीलंकाद्वारा क्लिन स्विप  

काठमाडौँ । श्रीलंकाले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा क्लिन स्विप गरेको छ । गएराती सम्पन्न सिरिजको अन्तिम खेलमा श्रीलंका १३ रनले विजयी भएको हो ।  श्रीलंकाले दिएको १४८ रन पछाएको पाकिस्तानले २० ओभरमा

टी-२० सिरिजमाथि श्रीलंकाको कब्जा, पाकिस्तानको लगातार दोस्रो हार  

काठमाडौँ । श्रीलंकाले पाकिस्तानविरुद्धको दोस्रो टी-२० खेल जितेर सिरिजमाथि कब्जा गरेको छ । गएराती सम्पन्न खेलमा श्रीलंकाले ३५ रनले खेल जितेको हो । श्रीलंकाले दिएको १८३ रनको लक्ष्य पछाएको पाकिस्तानी टिम

पहिलो टी-२० मा श्रीलंका विजयी, पाकिस्तानको ब्याटिंग फेल

काठमाडौँ । श्रीलंकाले पाकिस्तानविरुद्धको पहिलो टी-२० खेलमा जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा श्रीलंकाएल पाकिस्तानलाई ६४ रनले पराजित गरेको हो । श्रीलंकाले दिएको १६६ रनको लक्ष्य पछाएको पाकिस्तानले १७.४


z