एनआरएनए स्कटल्याण्डको ‘हिल वाक’ भब्य रुपमा सम्पन्न

खरीबोट

स्कटल्याण्ड । एनआरएनए स्कटल्याण्ड राज्य समन्वय समितिले स्कटल्याण्डको प्रख्यात डुमएट हिल,  स्टरलिङमा  आइतबार आयोजना गरेको ‘हिल वाक’ इभेन्ट भब्य रुपमा सम्पन्न भएको छ ।

करिब सय जनाभन्दा बढी सहभागिता रहेको एनआरएनए  स्कटल्याण्डको नौलो तरिकाको हिल वाक इभेन्टले  एनआरएनएप्रति सचेतना जगाएको एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले बताए ।

"एनआरएनए स्कटल्याण्डको यो पहिलो पब्लिक कार्यक्रमले  सहभागीहरुमाझ एनआरएनए प्रति सकरात्मक भावना जगाएको र यसले एनआरएनएको सदस्यता बिस्तार र संगठन बिस्तारमा सहयोग पुगेको छ " अध्यक्ष कार्कीले बताए । हिल वाक इभेन्टबाट सहायता कोषको लागि सहयोग संकलन भएको र  सहयोग संकलन क्रम जारी नै रहेको अध्यक्ष कार्कीले बताए । उक्त कोषबाट संकलित सहयोग आपतकालीन र मानव कल्याणको क्षेत्रमा प्रयोग गरिने छ ।  

उक्त हिल वाक शुरु हुनुभन्दा पहिले एनआरएनए  स्कटल्याण्डका सचिब कृष्ण दाहालले हिल वाकको बिबरण, स्वास्थ्य, सुरक्षाबारे जानकारी दिएका थिए । डुमएट हिलमा पाँच माइलको हिडाईको लागि करिब दुई घण्टा लागेको थियो । एनआरएनए युकेका उपाध्यक्ष ललित न्यौपानेसहित उक्त कार्यकममा स्कटल्याण्डको बिभिन्न स्थानहरु एडिनब्रा, ग्लासगो, एबर्डिन, फलक्रिक, फाइफ,  पर्थ ,डनफर्मलिन र स्टरलिङबाट  सहभागिता रहेको कार्यक्रम संयोजक राम बगालेले बताए ।  

हिल वाक इभेन्टमा भिजिट नेपाल २०२० को प्रचार समेत गरिएको छ । उक्त इभेन्टमा अध्यक्ष कार्कीले प्रयोजन गरेको भिजिट नेपाल २०२० को प्रचार सामग्री कार स्टिकर वितरण गरिएको थियो ।

एनआरएनए स्कटल्याण्डका अध्यक्ष कार्कीले  स्कटल्याण्डका प्रत्येक एनआरएनएले आफ्ना साथीलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गरे नेपालको पर्यटन ब्यबसायमा सहयोग पुग्ने बताए । एनआरएनए स्कटल्याण्डले भिजिट नेपाल २०२० को प्रचारको लागि नेपाली दुतावास र पर्यटन बोर्डसंग  समन्वय गरिरहेको कार्कीले बताए ।  
 

सम्बन्धित समाचार

अमेरिका हिँडेका २४ जना आप्रवासी ग्वाटेमालामा पक्राउ

ग्वाटेमाला । मध्य अमेरिकी मुलुकहरु हैटी र गिनीबाट संयुक्तराज्य अमेरिकातर्फ हिँडेका २४ जना अवैध आप्रवासीलाई ग्वाटेमाला प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रवक्ता पाब्लो कास्टिल्लोले ग्वाटेमाला शहरको उत्तरी क्षेत्रको एक बस

भेनेजुएलामा आप्रवासी चढेको डुंगा दुर्घटनाग्रस्त, ३० जना बेपत्ता

कराकास । भेनेजुएलाको कुराकाओमा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा ३० जना भेनेजुएलाका आप्रवासी बेपत्ता भएका छन् । पारिवारिक स्रोत उद्धृत गर्दै एक जना सांसद लुइस स्टेफानेलीले डुंगामा ३० देखि ३५

अमेरिकी थुनामा आप्रवासी बालकको मृत्यु

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा अमेरिकी आप्रवासन थुनामा रहेका ग्वाटेमालाका १६ वर्षीय एक बालकको मृत्यु भएको छ । अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) का अनुसार टेक्सासको हिडाल्गो नजिक गत

राप्रपा निकट प्रवासी नेपाली एकता समाज युएईको अधिबेशन सम्पन्न

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट प्रवासी नेपाली एकता समाज युएईको प्रथम अधिबेशन दुबईमा सम्पन्न भएको छ । अधिबेशनको उद्घाटन गर्दै राप्रपाका महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनले मुलुकको स्थिरता र राष्ट्रिय


z