• २०८१ बैशाख १५ शनिबार

नयाँ वर्षमा टिभिएसको ‘सात छ हाम्रो’ अफर

kharibot

काठमाडौँ  । जगदम्बा मोटर्स, अन्तर्रा्ष्ट्रिय स्तरमा प्रसिद्ध दुइ तथा तिन पाङग्रे सवारीको उत्पादक टिभिएस मोटर कम्पनिको नेपालभरिकै एकमात्र अधिकृत विक्रेता, ले नव वर्ष २०७६ को उमंगमय अवसरमा केन्द्रित रहि आफ्नो टिभिएस ‘सात छ हाम्रो’ अफर आफ्ना अमुल्य ग्राहकहरु सामु विस्तार गरेको छ ।

नयाँ वर्षको सुनौलो सुरुवात टिभिएसको साथ् मनाउन र शुभकामना स्वरूप सो अफर ग्राहकहरुको माझ ल्याइएको हो । हरेक दुइ पांग्रे सवारी प्रेमीहरुको एक मात्र समाधान केन्द्रको रुपमा अवस्थित भएको टिभिएसको‘साथ छ हाम्रो‘अभियान टिभिएसले दुइ वर्ष अघि परिचित गराएको थियो जसले टिभिएस आफ्नो ग्राहकहरुको लागि सेवा र सुविधाको लागि हरदम तत्पर रहने प्रतिबद्धता गरेको थियो।

त्यसै कारण यही २०७५ चैत्र ११ गते देखि सुरु हुने उक्त अफरमा टिभिएसले आफ्नो हरेक मोटरसाइकल तथा स्कुटरको खरिदमा रु ७,००० को श्योरशट नगद छुटको व्यवस्था गरिएको छ ।

यस अफरले स्क्र्याच कुपनको झनजट हटाइ ग्राहकहरुको सहजताका लागि हरेक खरिदमा तोकिएको छुट पाइने व्यवस्था गरिएको हो ।

यही २०७६ वैशाख मसान्तसम्म लागु हुने उक्त अफरबाट लाभान्वित हुन टिभिएसका अधिकारीहरु सारा ग्राहकहरुलाइ विनम्र आग्रह गर्दछन ।

टिभिएसले आफ्नो सात भिन्नाभिन्नै सीसीका उत्पादनहरुमा ५ वर्षको वारेन्टी, अनस्पट फाइनान्स, अनस्पट एक्सचेन्ज, १ घन्टे एक्सप्रेस सेवा लगायतका अन्य विभिन्न सेवाका फाइदाहरु दिदै आएको छ ।

उक्त आठ सीसी मध्य ड्याज, जेस्ट, विगो कम्बो, ११० सीसी अन्तर्गत पर्छन साथै १२५ सीसी अन्तर्गत जुपिटर क्लासिक, एण्टोर्क र स्ट्राइकर, १५० सीसी अन्तर्गत अपाचि आरटीआर १५० २ भी भी २, १६० सीसी अन्तर्गत अपाचि आरटीआर १६० २ भी भी २ र अपाचि आरटीआर १६० ४ भी, १८० सीसी अन्तर्गत अपाचि आरटीआर १८०, २०० सीसी अन्तर्गत अपाचि आरटीआर २०० ४ भी भी २, र ३१० सीसी अन्तर्गत अपाचि आरआर ३१० रहेका छन् ।

देशभर फैलिएको सेवा तथा बिक्रि केन्द्रहरुमा अनुभवी र दक्ष हातहरुको गुणस्तरीय सेवाले हरेक ग्राहकलाइ खुसि र सन्तुष्टिको अनुभव गराउने प्राथमिकता टिभिएसले आफ्नो थालनीको दिन देखिनै जोड दिदै आएको छ ।

ग्राहकहरुको टिभिएसका उत्पादनहरु प्रतिको माया र समर्थनलाइ यस अफर मार्फत आभार व्यक्त गरेको छ । टिभिएसले आउने दिनहरुमा ग्राहकहरुके सेवा तथा सुविधाको लागि यस्ता अन्य विभिन्न अफर र कार्यक्रमको आयोजना गर्ने उद्देश्य बोकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय