• २०८१ जेठ ६ आइतबार

गोन्जालो हुगैनद्वारा अर्जेन्टिनाको राष्ट्रिय टिमबाट सन्यासको घोषणा  

kharibot

काठमाडौँ । अर्जेन्टिनाका फरवार्ड गोन्जालो हुगैनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । गत विश्वकपमा अर्जेन्टिनाको असफलतापछि टिममा नपरेका हुगैनले अब आफु अर्जेन्टिनाको लागि छनौटको लागि उपलब्ध नहुने बताउदै सन्यासको घोषणा गरेका छन् ।

पछिल्लो समय हुगैनको अर्जेन्टिनाका लागि प्रदर्शन त्यति संतोषजनक थिएन । सन् २०१४ को विश्वकप र २०१५ को कोपा अमेरिकामा हुगैनको गल्तिका कारण अर्जेन्टिनाले ठुलो मुल्य चुकाउनु परेको थियो । साथै गएको विश्वकपमा पनि अर्जेन्टिनाका लागि हुगैनले कुनै गोल गर्न सकेका थिएनन् । हुगैनले अर्जेन्टिनाका लागि अन्तिम गोल २०१६ मा विश्वकप छनौट खेलमा पेरुविरुद्ध गरेका थिए ।

अहिलेका अर्जेन्टिनाका नयाँ प्रशिक्षक लिओनेल स्कालोनीले हुगैनलाई टिममा नबोलाएपछि ३१ बर्षिय हुगैनले अब राष्ट्रिय टिमबाट नखेल्ने निर्णय गरेका हुन् ।

हुगैनसँगै लिओनेल मेसी र सर्जियो अग्युरोले अर्जेन्टिनाका लागि एक विश्वकप र दुई कोपा अमेरिकाका गरि तीन फाइनलमा अर्जेन्टिनाको लागि खेलेपनि जित दिलाउन असफल भएकोमा उनीहरुको आलोचना हुने गरेको छ ।

हुगैनले आफ्नो सन्यास बारे बोल्दै भनेका छन्, ‘मेरो लागि असफलता फरक कुरा हो, अब नयाँ खेलाडीका लागि छोड्नुपर्छ, धेरै मानिसहरु समर्थनभन्दा आलोचनामा रमाईरहेका छन् ।’
हुगैनले सन् २००९ मा तत्कालिन म्यानेजर डिएगो म्यारोडोनाको अन्डरमा अर्जेन्टिनी राष्ट्रिय टिममा डेभ्यु गरेका थिए । दक्षिण अफ्रीकामा भएको विश्वकपमा हुगैन गाब्रियल बाटीस्टोटापछि अर्जेन्टिनाको लागि ह्याट्रिक गर्ने दोस्रो खेलाडी बनेका थिए । 

हाल चेल्सीबाट व्यावसायिक फुटबल खेलिरहेका हुगैनलले अर्जेन्टिनाको लागि ७५ खेल खेल्दै ३१ गोल गरेका छन् । उनी अर्जेन्टिनाको लागि धेरै गोल गर्ने खेलाडीको सुचीमा छैठौ नम्बरमा रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै