• २०८१ बैशाख १४ शुक्रबार

विपत्तिबाट दिवंगतप्रति राज्य व्यवस्था तथा सुशासन समितिद्वारा शोक प्रस्ताव पारित 

kharibot

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले शोक प्रस्ताव पारित गरेको छ । 

२०७५ साल चैत १७ गते बेलुका बारा र पर्सा जिल्लामा भएको प्राकृतिक विपत्तिका सम्बन्धमा समितिकी सभापति शशी श्रेष्ठले प्रस्ताव पढेर सुनाएकी हुन् । 
विपत्तिबाट ठूलो मात्रामा धनजनको क्षति भएको थियो । 

असामान्य प्रकृतिको हावाहुरीबाट प्रभावित उक्त क्षेत्रका घाइतेहरूको स्वास्थ्योपचार, राहत र क्षतिपूर्ति तथा पुनःस्थापनाको व्यवस्था तत्काल गर्न गराउन समितिले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृहमन्त्रालयलाई निर्देशन दिएको छ । 

राज्य व्यवस्थापन तथा सुशासन समितिले बारा र पर्सामा हावाहुरीबाट दिवङ्गतप्रति शोक व्यक्त गरेको हो । 

साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना सहित घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत समितिले गरेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै